मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र तिनजना मन्त्री सहित पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
शुक्रबार मधेश भवनमा भएको समारोहमा मुख्यमन्त्री यादव र तिनजना बिना विभागीय मन्त्री सहित सफथ लिनुभएको हो । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादव र मन्त्रीहरूमा एमालेका मधेशका संसदिय दलका नेता सरोज यादव (महोतरी), जसपाका सञ्जय यादव (सर्लाही) र जनमतका ई. वसन्त कुशवाहा (रौतहट) लाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयोको हो ।
मुख्यमन्त्री यादवले भोजपुरीमा, मन्त्रीहरू सञ्जय यादव बज्जिका, सरोज यादव मैथिली र बसन्त कुशवाहाले मधेशी भाषामा शपथ लिनुभएको छ।नवनियुक्त मुख्यमन्त्री यादव शपथ ग्रहण गराए लगत्तै सहिदद्वारमा सहिदहरुको शालिकमा माल्यार्पणकालागि पुगेका थिए । जनकपुरधामस्थित सहिदद्वारमा सहिदहरुको तस्विरमा माल्यार्पणपछि मुख्यमन्त्री कार्यालय पुगेका मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन । उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराए । पदभार ग्रहण गरे लगत्तै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशको इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरेका छन । प्रदेशमा सेवालाइ प्रभावकारी बनाउन विद्दुतिय संजालसंग जोड्ने गरि इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको हो । यसका साथै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेस भित्र रहेका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्न निर्देशन दिएका हुन । यता विना बिभागिय मन्त्री वसन्त कुश्वाहाले मन्त्रालयो जिम्मेवारी वाँडफाँडको विषय कुनै निर्णय नभएको स्पष्ट पारेका छ्न । शुक्रबार नै विना बिभागिय मन्त्रीको रुपमा शपथ लिएका मन्त्री कुश्वाहाले अब पहिले सभामुख तथा उपसभामुख चयन र विश्वासको मतमा केन्दृत हुने बताए । यद्यपि मन्त्रालयको जिम्मेवारी वाँडफाँडको विषयमा समेत छलफल जारी राख्ने बताए ।
तपाईको प्रतिक्रिया !