Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

टिकटक लाइभबाट जुवा खेलाउने गरेको खुलासा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 13, 2023
टिकटक लाइभबाट जुवा खेलाउने गरेको खुलासा
17
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ ।

टिकटक भनेको मानिसहरुले सामान्य आफ्नो रमाइलाका लागि सानासाना भिडियोहरु तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । रमाइलोका लागि त्यस्ता भिडियोहरु राखिन्छ तर त्यही सामाजिक सञ्जालको दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेको फेला परेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यका भित्र केही व्यक्तिहरुले इसेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराइ लाभ लिने उद्देश्यले टिकटकमार्फत रकमको बाजी राखी जुवा, तास खेलाउने गरेको सूचना आयो ।

उक्त सूचनाको आधारमा कार्यालयले तत्काल टोली बनाइ ती गतिविधिको निगरानी थाल्यो । प्रहरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्का, सुर्यविनायक, लोकन्थलीलगायतका स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अबस्थामा चार जनालाई फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउनुहुन्छ ।

प्रहरीले जुवा खेलेको अबस्थामा दाङ घर भइ ग्वार्को बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सुर्यविनायक बस्ने २७ वर्षका कपिल गिरी, भक्तपुरको थिमि बस्ने २९ वर्षका प्रेम कठाडत र कैलालीका डिल्लीराज अवस्थीलाई रङ्गेहात फेला पारी पक्राउ गरी कारवाही थालेको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा आवश्यक थप कारवाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका मध्य ऋषिप्रकाश योगीले पब्जी र पब्जी–२ नामक टिकटक बनाइ दुई वटा इसेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अबधिमा जुवा खेलाएर रु २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ ।

अर्का कपिल गिरीले पोकर किङ नामक टिकटक खोली ३ इसेवा वालेटमा १० दिनको अबधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने प्रेम कडायत र डिल्ली अवस्थीले प्रेम नामक टिकटकमार्फत इसेवा वालेटमा एक महिना ६ दिनको अबधिमा जुवा खेलाएर रु ९३ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ ।

उनीहरुको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।-

पछिलो समाचार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

अघिल्लो समाचार

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र तिनजना मन्त्री सहित पद तथा गोपनियताको शपथ

तपाईको प्रतिक्रिया !

ताजा समाचार

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

20 hours ago
सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

3 days ago
विश्व वातावरण दिवसमा वक्तित्वकला र चित्रकला प्रतियोगिता

विश्व वातावरण दिवसमा वक्तित्वकला र चित्रकला प्रतियोगिता

5 days ago
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍याे

प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍याे

6 days ago
धनुषाबाट ३३ जना हज यात्री हजको लागि काठमाण्डौ प्रस्थान

धनुषाबाट ३३ जना हज यात्री हजको लागि काठमाण्डौ प्रस्थान

7 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits