Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 1, 2023
पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना
10
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १७ पुस (रासस) : पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ ।

विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति थियो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

समारोहमा प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलले गण्डकी प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा विशिष्ट योगदान पु¥याउने बताउनुभयो । विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्ने उहाँको भनाइ छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थल सञ्चालनमा सरकारले सघाउने बताउनुभयो । नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायत विमानस्थलसँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा विमानस्थल गण्डकी प्रदेशको समृद्धि र विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि सङ्घ सरकारको उहाँले ध्यानाकर्षण गराउनुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको बताउँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विमानस्थल सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकामा जोड दिँदै उहाँले विमानस्थल सञ्चालनमा समस्याका रुपमा रहेका रिठेपानी डाँडा कटान र ल्यान्डफिड साइडको व्यवस्थापन गरिएको बताउनुभयो ।

विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिग्रहण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेका थिए ।

पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको अभियानकर्मी विश्वशङ्कर पालिखे बताउनुहुन्छ ।

विमानस्थल निर्माणसँगै पोखरा अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ यो आगामी दिनमा व्यस्त विमानस्थलका रुपमा चल्नुपर्ने बताउनुभहुन्छ ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनबाटै विमानस्थल सञ्चालन आउनुले यसले पोखराको पर्यटनमा विशेष अर्थ राख्ने पर्यटन व्यवसायीहरू बताउँछन् । विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका पूर्वाधारको विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो ।

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “यसको अधिकतम उपयोग हुने किसिमको वातावरण तयार गरिनु आवश्यक छ ।”

तथ्याङ्कअनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।

उद्घाटनमा हजारौँको सहभागिता

पाँच दशकदेखिको सपना पूरा भएको भन्दै आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा हजारौँ पोखरेली सहभागी भएका छन् । पोखरा महानगरपालिकाको आयोजनामा पोखराको अमरसिंह चौरबाट विमानस्थलसम्म बाजागाजासहित विभिन्न जातजातिको वेशभूषामा सर्वसाधारणहरू सहभागी भएका थिए ।

विमानस्थल पोखरेलीको गौरव भएको भन्दै पोखरा महानगरपालिकाले आज उद्घाटन समारोहलाई भव्य बनाउने लक्ष्यका साथ ३३ वटै वडा र मातहतका विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गरेको थियो । उद्घाटन समारोहमा विमानस्थलको परिकल्पनाकार शङ्करराज पाठकलगायत विमानस्थल निर्माणमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई प्रधानमन्त्रीले सम्मान गर्नुभयो ।

पछिलो समाचार

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

अघिल्लो समाचार

कानुन निर्माणअघि वृहत अध्ययन जरुरी : अध्यक्ष तिमिल्सिना

तपाईको प्रतिक्रिया !

ताजा समाचार

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

5 days ago
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

5 days ago
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

1 week ago
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

1 week ago
काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

1 week ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits