मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोवीन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन् । नेकपा एकीकृत समाजवादीका नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार्यक्रम रहेको छ । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयले बताए ।
तपाईको प्रतिक्रिया !