काठमाडौं– नयाँ प्रधानमन्त्रीमा दाबी गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ६ दलले समर्थन गरेका छन् ।
दाहाललाई ७८ सिट भएको नेकपा एमाले, ३२ सिटको माओवादी केन्द्र, २० सिटको राष्ट्रिय स्वतन्त्र पार्टी, २४ सिटको राप्रपा, ६ सिटको जनमत पार्टी र ४ सिटको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।
जसपाको भने निर्णय आएको छैन । जसपा नआउँदा १५४ सांसदको समर्थन दाहाललाई हुन्छ ।
प्रधानमन्त्री नियुक्त हुन १३८ सांसदको समर्थन आवश्यक छ ।
तपाईको प्रतिक्रिया !