Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मालारानी मन्दिर : संरक्षणमा उपेक्षा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 12, 2022
मालारानी मन्दिर : संरक्षणमा उपेक्षा
16
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँची- धार्मिक र पर्यटकीय सम्भावना बोकेको अर्घाखाँचीको मालारानी मन्दिर अपेक्षाकृत रुपमा चर्चामा आउन सकेको छैन ।

जिल्लाको मालारानी गाउँपालिकामा रहेको यो मन्दिरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासुलु लगायतका हिमक्षृङखला अवलोकन गर्न सकिन्छ ।

बाइसे-चौविसे राज्यको पालामा, माला नाम गरेकी रानी यहाँ बसोबास गरेकी कारण उनैको नामबाट मालारानी नामाकरण गरिएको किम्वदन्तीमा उल्लेख छ ।

त्यो बेला चर्न आएका गाईहरुले यो स्थानमा रहेको एउटा ढुङ्गामाथि दूध चढाउने कारण उक्त शिलाको सम्मानसहित मन्दिर निर्माण गरिएको भएपनि यसको आधुनिकीकरण र व्यवस्थित गर्ने कार्य संस्थापकद्वय सुवेदार जितमान राना काउछा मगर र  सुवेदार चन्द्रलाल राना काउछा मगरले गर्नु भएको थियो ।

जसअनुसार चैते अष्टमी र महानवमीका दिन पहिलो बलि काउछा परिवारले चढाउने प्रचलन हालसम्मै कायम रहेको छ ।

मन्दिर भित्र कालीका देवी , सिद्ध , गणेश , हनुमान , हवनकुण्ड , शिव लिङ्ग लगायतका मुर्तीहरु रहेका छन् ।

केही बर्ष अगाडिसम्म डाँफे समेत आउने गरेको यो स्थानमा रातो टाउको अनि चन्द्रमा आकारको सर्प बेलाबखतमा देखिने गरेको स्थानीय राजु राना बताउँछन ।

यो मन्दिर ५ रोपनी जमिनमा रहेको छ । मन्दिरको संरक्षणका लागि काउछा परिवारका पूर्खादेखि नै सहयोग रहेको र अहिले बीस भाइ नातिहरुले करिव दश लाख लागतमा मन्दिर प्रवेशद्वार निर्माण गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रेमवहादुर राना बताउनुहुन्छ ।

मालारानी मन्दिरदेखि पाँच मिनेटको पैदलयात्रामा पुग्न सकिने मनोचिन्ते पानी एउटा अनुसन्धानको विषय रहेको छ ।

एउटा तेर्सिएको गुराँसको फेदमा परापूर्वकालदेखि रहेको पानी कहिल्यै पनि घटने र बढने गर्दैन् ।

पानी भएको रूखदेखि तलपट्टि सुक्खा रहनुका साथै कहाँबाट पानी आएको छ र कहाँ गइरहेको छ भन्ने कुरा स्थानीयले पत्ता लगाउन सकेका छैनन् ।

वि.सं. १९६५ मा यही पानीको प्रयोगबाट मालारानी मन्दिर निर्माण गरिएको स्थानीय खिमवहादुर राना सुनाउनुहुन्छ ।

घरमा पशुबाट फलिफाप नभएमा यो मन्दिरलाई सम्झने वा पशुका दाम्ला चढाउने गरेमा घरको गोठ भरिभराउ हुनुका साथै मनोचिन्ते पानीलाई यो मन्दिरमा चढाए मनोकांक्षा पुरा हुने बिश्वास रही आएको छ ।

चारैतर्फ हरियाली, अत्यन्तै चिसो एवं स्वच्छ हवाले भरिपूण यहाँ नजिकैको घेराको भिरमा गिद्दहरुको बासस्थान छ । हर्रोबर्रो, चिराइतो, सठुवा जस्ता महत्वपूर्ण जडिवुटीहरु यहाँको जंगलमा पाइन्छ ।

मालारानीको महत्वलाई बुझ्न र बुझाउनेतर्फ सम्बन्धित पक्षले ध्यान पुर्‍याउने हो भने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ ।

पछिलो समाचार

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद टुंगो लगाए

अघिल्लो समाचार

काठमाडौँमा चिसो बढ्यो

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits