Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

विश्वकप फुटबल २०२२: अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश, ब्राजिल क्रोसियासँग स्तब्ध

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 10, 2022
विश्वकप फुटबल २०२२: अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश, ब्राजिल क्रोसियासँग स्तब्ध
13
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वकप २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले आफ्नो स्थानमा पक्का बनाएका छन् । पाँचपटकको विश्वविजेता ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनल पुगेको हो ।

गएराती एजुकेशन सिटी रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको सुरुवातमै नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर क्रोएसियाले गोल फर्काउँदै बराबरीमा पुर्‍याएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा ब्राजिलले दुई पेनाल्टी मिस गर्दा क्रोएसियाले ४-२ गोलले दोस्रोपटक टाइब्रेकरबाट जीत हात पारेको छ । यसअघि पनि क्रोएसियाले टाइब्रेकरमा जापानलाई पराजित गर्दै क्‍वाटरफाइनलमा स्थान पक्का बनाएको थियो ।

यो जीतसँगै क्रोएसियाका गोल रक्षक डोमिनिक लिभाकोभिच फिफा विश्वकप २०२२ को नकआउट चरणमा लगातार दोस्रोपटक प्लेयर अफ द म्याच बन्न पुगेका छन् ।

फिफा विश्वकप २०२२ को आज भएको दोस्रो क्‍वाटर फाइनलमा दुई पटकको विश्वविजेता अर्जेन्टिनाले नेदरल्याण्ड्समाथि जीत निकाल्दै सेमिफाइनल यात्रा पक्का बनाएको छ ।

टाइब्रेकरमा ४-३ को जीतका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधी नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा रोकिएपछि अतिरिक्त समय हुँदै खेल टाइब्रेकरमा लम्बिएको थियो । २-० को स्पष्ट अग्रतालाई अर्जेन्टिनाले पछिल्लो सात मिनेट रोक्न नसक्दा बराबरीमा पुगेको हो ।

टाइब्रेकरमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भाण्डाइकले पहिलो प्रहारमा गोल गर्न नसक्दा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको पहिलो प्रहार जाली चुम्न सफल भयो । यो जीतसँगै लियोनल मेस्सीको आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप दिलाउने सपना पुरा हुने नजिक पुगेको छ । अब अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिललाई स्तब्ध पारेको टोली क्रोएसियासँग सामना गर्नेछ ।

फिफा विश्वकप २०२२ मा आज दुइवटा क्‍वाटर फाइनल खेलहरु हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्कोबीच बेलुकी ८.४५ बजे खेलिंदैछ भने दोस्रो खेल मध्यराती १२.४५ बजे इङ्ल्याण्डले साविक विजेता फ्रान्सको सामना गर्दैछ ।

पछिलो समाचार

त्रिविबाट विद्यार्थी दीक्षित

अघिल्लो समाचार

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

तपाईको प्रतिक्रिया !

ताजा समाचार

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

5 days ago
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

5 days ago
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

1 week ago
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

1 week ago
काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

1 week ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits