Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरमा भब्यताका साथ मनाइदै

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 28, 2022
रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरमा भब्यताका साथ मनाइदै
20
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मंसिर शुक्ल पञ्चमीको तिथमा पर्ने रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरमा भब्यताका साथ मनाइदै छ । विवाहपञ्चमीको अवसरमा जनकपुर उत्सवमय बनेको छ ।


त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रले मंसिर शुक्ल पञ्चमीको तिथिमा राजा जनककी पुत्री जानकीसित जनकपुरमा धनुष तोडेर विवाह गरेको थियो र सोही स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीलाई विवाहपञ्चमी महोत्सवको रुपमा धुमधामपूर्वक मनाइने गरिएको छ । विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरलाई भब्यतापूर्वक सजाईएको छ ।

निरन्तर दुइ साताको तयारी पछि जानकी मन्दिरलाई महोत्सवको अवसरमा केन्दंीत गरी राम्ररी सिंगारिएको हो । चारैतिर विद्युतीय रंगीबिरंगी बत्तीहरु लगाइएको छ । विवाहमहोत्सवमा सहभागि हुन पछिल्ला वर्षहरुको अपेक्षा यसवर्ष भारी संख्यामा श्रद्धालु तथा भक्तजनहरु जनकपुर आईपुगेका छन् । श्रद्धालुहरुको भारी उपस्थितिले विशेष उत्साह तथा आकर्षण थपिएको छ । पश्चिमी नेपालदेखि पूर्वको झापासम्मका तथा भारतको बिहार, बंगाल, उत्तरप्रदेशबाट श्रद्धालुहरु विवाहमहोत्सव हेर्न जनकपुर आएका छन् । विवाहमहोत्सवलाई लिएर जानकी मन्दिरदेखि रंगभूमी मैदानसम्म मात्रै एकसयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जनाए ।


मध्यान्ह १२ बजे जानकी मन्दिरको मूल ढोका खुलेपछि अयोध्याबाट जन्तीको रुपमा आएका सन्तमहन्थहरुलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले नयाँ वस्त्र उपहारको रुपमा प्रदान गरे । पछि किशोरीको डोलासँगै हजारौंको संख्यामा श्रद्धालु भक्तजन रंगभूमि मैदानतिर पुगेको थियो । रंगभूमी मैदानमा राममन्दिरबाट पुगेको श्रीरामको डोलाले किशोरीको डोलालाई परिक्रमा गरेपछि विवाहमहोत्सवका लागि जानकी मन्दिरको प्राङ्गणमा डोलाहरु राखिएको छ ।

मन्दिरका महन्थ दासले मिथिला संस्कृतिमा छोरीको विवाहमा गरिने प्रत्येक विधि र वैद्धिक मन्त्रोच्चारण गरेर राति रामजानकीको विवाह हुने बताए । विवाहको लागि जानकी मन्दिरको प्राङ्गणमा गंगासागरबाट शनिबार मटकोर गरेर ल्याइएको माटोले वेदी तयार गरिएको छ । वेदीलाई रंगीबिरंगी फूल तथा बत्तीले सजाईएको छ ।

वेदी वरिपरि विवाह हेर्न आएका हजारौं श्रद्धालुहरुको लागि बस्ने ब्यवस्था गरिएको छ ।
रामजानकी विवाहोत्सवको माहौल तयार हुदा सम्म नगर दर्शन, धनुष यज्ञ, तिलकोत्सवमा सम्धी मिलन र मटकोर लगायतका कार्यक्रमहरु ग्रिएको थियो । राती साढे दश बजेसम्म मन्त्रोच्चारण पश्चात् रामजानकीको विवाहमहोत्सव सम्पन्न हुने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जनाएका छन् ।

पछिलो समाचार

सर्लाहीको बागमती न.पा. -१ सखुवानिटोललमा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

अघिल्लो समाचार

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

5 hours ago
गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

2 days ago
गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

2 days ago
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

3 days ago
आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits