काठमाडौं– सर्वोच्च अदालतले ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गरेको छ ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।
कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो ।
नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले कार्कीले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन् ।
तपाईको प्रतिक्रिया !