Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिदै

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 19, 2022
दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिदै

Campers take their positions beside barriers lining the procession route, ahead of the funeral on Monday of the late Queen Elizabeth II, in London on September 18, 2022. - Britain was gearing up Sunday for the momentous state funeral of Queen Elizabeth II as King Charles III prepared to host world leaders and as mourners queued for the final 24 hours left to view her coffin, lying in state in Westminster Hall at the Palace of Westminster. (Photo by Marco BERTORELLO / AFP)

16
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको सोमबार अन्त्येष्टि गर्न लागिएको छ ।

बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका रहेको छ ।

अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ । ती मध्ये करिव पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष व्यक्तिहरू हुनेछन् ।

विभिन्न देशबाट आएका पाहुनाहरूको लागि बेलायतका नयाँ राजा चाल्सले आइतबार साँझ बकिङ्गम दरबारमा स्वागत समारोहको आयोजना गर्नु भएको थियो । विभिन्न देशबाट पाहुनाहरू आएकै बेला आइतबार साँझ ८ बजे बेलायत भरी राष्ट्रिय शोकका रूपमा मौन धारण गरिएको थियो ।

विभिन्न देशका पहुनाहरू र बेलायती बासिन्दा सहित लाखौँले गत सातादेखि नै उहाँको शवमा श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिनका लागि गत हप्ताभर नै शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भिड लागेको थियो ।

बिहान ११ बजेपछि भने लामबद्ध भएर श्रद्धाञ्जली दिनेक्रम रोकेर अन्त्येष्टिको अन्य प्रक्रिया सुरु गरिने भएको छ ।

महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिने तय भएको छ । शवयात्रामा राजा चाल्र्ससहित राजपरिवारका अन्य सदस्यहरू वरियताक्रम अनुसार लामबद्ध भइ हिँड्नु हुनेछ ।

शवयात्राका क्रममा सैन्य कर्मचारी र प्रहरीले लाइन लागेर हिँडाएको लाममा हरेक एक मिनेटको फरकमा बिग बेनले घण्टी बजाउने छन् । त्यसैगरी हाइड पार्कबाट प्रत्येक मिनेटमा तोपको सलामी दिइनेछ र मानिसहरूले तोकिएका क्षेत्रहरूबाट व्यक्तिगत रूपमा शवयात्रा हेर्न र महारानीलाई अन्तिम श्रद्धाञ्जली दिनसक्ने व्यवस्था मिलाइएको छ ।

शवयात्रा वेलिङ्टन आर्चमा लगभग दिउसो १ बजे पुग्ने गरी तालिका बताइएको छ । त्यसपछि उहाँको शवलाई तोकिए बमोजिमको ठाउँमा समाधि गराइने छ । समाधिस्थलमा भने निश्चित व्यक्तिहरू मात्रै सहभागी हुने भएका छन् ।

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई निमन्त्रणा गरेको थियो ।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायत सहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो ।

पछिलो समाचार

जापानमा नानमाडोल आँधी: लाखौँ मानिस सुरक्षित स्थलमा सारियो

अघिल्लो समाचार

सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits