काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले कतिपय विषयमा आरोपित गरेका वरिष्ठ अधिवक्तासँग छलफल गरेको छ ।
समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरेको समिति सदस्य एवं सांसद डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।
बैठकमा बोलाइएका सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशले इन्कार गरेका छन् ।
आरोपित न्यायाधीश पनि बैठकमा आएनन् । सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्टले समितिमा बयान नदिने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया !