सास्कृति तथा पर्यटन उडडयन मन्त्री राम श्रेष्ठले पश्चिमी सभ्यताभन्दा पुर्वि सभ्यता तर्फ आकर्षण बढ्दै गएको बताएका छन् । रौतहटको चन्द्रपुरमा विहिवार राधाकृष्ण मन्दिरको धर्मशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले पश्चिमी सभ्यताभन्दा पुर्वि सभ्यतामा बढी दर्शन, खोज, समाजवाद लगायतका विषय समेटीएकोले पछिल्लो समय पुर्वि सभ्याता तर्फ विश्वको आकर्षण बढ्दै गएको बताए । भागवान कृष्णको लिलामा पीडित, अन्यायमा परेका गरिव विपन्न सहितको हक अधिकार ठुलो भुमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भागवान कृष्णको वारेमा सर्वसधारणलाई जानकारि गराउन धार्मिक गुरुले उठाएर भने त्यसले हाम्रा धर्म सास्कृतिको सकरात्क पक्षको उजागर हुने बताए । धर्मशाला निर्माणको आफ्नो मन्त्रालयबाट सहयोग हुने मन्त्री श्रेष्ठले आश्वास समेत दिए ।




राधाकृष्ण मन्दिरको धर्मशाला निर्माण समितिको सचिव विनिता बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथिमा अध्यात्म शिरोमणि रामकृष्ण उपाध्याय,मधेश प्रदेशका उद्योग वन तथा पर्यटन राज्यमन्त्री नागेन्द्र यादव, नेकपा माओवादी केन्द्रका पोल्टि व्युरो सदस्य समिर भट्टराई, वृहतर जनकपुरका अध्यक्ष शीतल साह र समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिकाे अध्यक्ष प्रविण साह अर्चाय राघव उपाध्याय, उपवाचिका काशि अनुषा लामिछाने सहितका सहभागिता रहेको थियो । धर्मशाला उद्घाटन गर्ने उद्देश्यका साथ आयोजित महामहोत्सव पाँच दिन सम्म चल्ने छ । आईतवार कलश यात्रा निकालिएको थियो । भन्ने सोमवारदेखि महामहोत्सवमा श्री विष्णु पुराण कथा पण्डित श्री रामकृष्ण उपाध्यायको मुखारबिन्दुबाट प्रवचनको कार्यक्रम रहेका छ ।
तपाईको प्रतिक्रिया !