मधेश प्रदेशमा अन्तराष्ट्रिय युवा दिवस २०२२ सप्ताह व्यापि रुपमा मनाईदै छ । अन्तराष्ट्रिय युवा दिवसको पहिलो दिन बुधवार विहान प्रभात र्याली र रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई सम्बोधन गरदै मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहल अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुलाई शुभकाना दिदैे युवा नै देशको कर्णधार र परिर्वतनका सम्वाहक रहेको भन्दै मुलुकलाई संघिय लोकतान्त्रिक व्यवस्थामा ल्याउन ठुलो योगदान रहेको बताए । युवालाई विभिन्न क्षेत्रमा प्रेरित गर्न केहि महिना अघि आफुहरुले प्रथम प्रदेश युवा सम्मेलनको आयोजना गरेको बताउदै मन्त्री सिंहले भने,‘ मधेश प्रदेशमा मात्र नभई देशकै लागि युवाहरुमा बेरोजगारी समस्या ठुलो चुनौति रहेको छ । तर मधेश प्रदेश सरकारले बेरोजगारी समस्या समाधान गर्न तर्फ कार्य अगाडी बढाएको छ । खेलकुद सम्बन्धि ऐनको मस्यौदा तयार भईसकको र केहि दिनमा प्रदेश सभाबाट पारित हुने मन्त्री सिंहले बताए ।
कार्यक्रममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ठुलोबाबु दाहालले मन्त्रालयले महिला बालबालिका तथा युवाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताए । उपसचिव दाहालका अनुसार ट्राफिक सचेतनासहितका कार्यक्रम आयोजना गरिने बताए ।
कार्यक्रममा महिला बालबालिका युवा तथा खेलुकुद मन्त्रालयसहित सामुदायिक परिवार कल्याण संघ(सिएफएडब्लु), प्लान ईन्टरनेशनल नेपाल र धनुषा जिल्लामा सक्रिय रहेका विभिन्न १७ वटा गैरसरकारी संस्थाहरुको पदाधिकारी तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !