हिउँदमा स्याउलाई आवश्यक पर्ने हिउँ परेर जमिन र विरुवामा चिस्यान पुगेपछि स्याउ राम्रो फलेको हो ।
हरेक कृषकको बगैंचामा स्याउका दाना लटरम्म देखिन्छ ।
किसानहरु व्यावसायिक फलफुल खेती नगरेपनि आ-आफ्नो बारीमा रोपेको स्याउमा राम्रो दाना बचेकाले खुशी छन् ।
परम्परागत रूपमा गरिने खेतीले उत्पादन घटेपनि यसपालि हिउँदे वर्षादले उत्पादन राम्रो भएको पुथा उत्तरगंगा गाउँपालिका-११ का किसान उर्जन बुढाले बताउनुभयो ।
उत्पादन राम्रो भएपनि बजारसम्म पुर्याउन मुस्किल रहेको स्थानीयले बताए ।
स्याउ बारीमा खेतीपाती गरेमा राम्रो फलफुल उत्पादन हुने कृषक बुढाले जानकारी दिनुभयो ।
मंसिरदेखि माघ महिनासम्म आफ्नो अनुकुलतामा विरुवाको जरा वरिपरि सफा गर्छन् । जिल्लाको अधिकांश भु-भागमा फलफूल खेती हुन्छ ।
तपाईको प्रतिक्रिया !