वार्षिक रुपमा दर्जनौं ब्यक्तिलाई बाढीले बगाएर बेपत्ता बनाउँछ । यस्तोमा क्षति न्यूनिकरण तथा मानव क्षति हुन नदिन युनिसेफको सहयोगमा लाइफ नेपालले बाढीमा उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु लोहारपट्टी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार यादवलाई हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बाढीबाट अत्याधिक क्षति हुने नगरपालिकालाई पहिचान गरी यस प्रकारको सामग्री हस्तान्तरण हुँदा जिउधनको क्षति न्यूनिकरणमा सहयोगी सिद्ध हुने बताउनुभयो ।

संस्थाले उद्धारमा प्रयोग गर्न सकिने लाइफ ज्याकेट दईु थान, रबर ट्युब, स्वीमिङ ट्युब, साइरेन, तारपोलिन, नाइलन डोरी, सेफ्टी हेलमेट, थ्रो ब्याग र हयाण्ड मैक गरी नौ प्रकारको सामग्री हस्तान्तरण गरेको लाइफ नेपालका निर्देशक सुरैत ठाकुरले बताउनुभयो लोहारपट्टी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार यादवको अध्यक्षतामा आयोजित कार्यमा सम्बन्धित वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधि, सशस्त्र प्रहरी वलका प्रतिनिधिलगायत जनसमुदायको उपस्थिति रहेको थियो । उक्त संस्थाले धनुषाको मुखियापट्टी मुसर्निया,सप्तरीको सप्तकोशी नगरपालिका र हनुमाननगर नगरपालिकामा समेत लाई उक्त उद्धार सामग्रीहरु हस्तान्तरण गरिनेछ ।
तपाईको प्रतिक्रिया !