सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको लापवार्हीको कारण कोरोना पिडितको आर्थिक सहयोगको लागि आएको रकम फ्रिज भएको छ । गरिवि,विपन्न, दलितलाई आफु हिम्माईति भन्न रुचाउने गाउँपालिका अध्यक्ष लापर्वाही र गैरजिम्मेवारीको कारण संघिय सरकारले लक्ष्ति कोरोना पीडितलाई आर्थिक सहयोगको लागि पठाएको ९०लाख ७० हजार रुपैयाँ फ्रिज हुन पुगेको हो । गत आर्थिक वर्षमा संघिय सरकारले कोरोना पीडित लक्ष्ति वर्ग तथा कोरोनाले वेरोजगार भई घर परिवार जोहो गर्न नसकिरहेका विपन्न ,असहायको लागि प्रति परिवारलाई १० हजारको दरले जीवनयापनमा टेवा पुग्ने उदेश्यले सबै पालिकाहरुमा रकम पठाईएको थियो । तर चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोकोे उदासिनता र गैरजिम्मेवारीका कारण गाउँपालिकाका कुनैपनि कोरोना पिडितले एकसुको पनि पाउन नसेको माओवादी केन्द्र सर्लाहीका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र मुखियाले आरोप लगाएका े छ । कोरोना पीडित लक्ष्ति वगले राहत पाउने आशमा नेपाल गाउँपालिकाका करिव ९ सय व्यक्तिले समयमै वैकमा खाता खोलिसकेको अवस्थामा अध्यक्ष महतोले रकम फ्रिजले गराएको उनले दावि गरे । राहत पाउने लक्ष्ति कोरोना पीडितको नामावाली संकलन गरेर प्रत्येक वडा कार्यालयेबाट गाउँपालिकालाई आर्थिक वर्ष सम्पन्न हुनभन्दा अघि तीन सप्ताह अघि नै पाईसकेको भएपनि विभिन्न बहाना बनाइ गाउँपालिका अध्यक्ष महतो र गाउँपालिकाका प्रशासकीय अधिकृतको मिलोमतोमा गरि रकम फ्रिज गराएको माओवादी केन्द्र सर्लाहीका सहसचिव नवल किशोर यादवले दावि गरे । गरिव विपन्नको तथा असहायको वर्गमा वित्तरणको लागि संघिय सरकारले पठाएको रकम षडयन्त्रपुर्वक फ्रिज गराएर गाउँपालिका अध्यक्ष महतोले उनीहरुमाथि ठुलो अन्याय गरेको उनले आरोप लगाए ।
तपाईको प्रतिक्रिया !