मधेश कृषि विश्वविद्यालयलाई सोमबार अवलोकन गर्नेक्रममा कृषि शिक्षा , अनुसन्धान र प्रसारमा गतवर्ष भन्दा आउने वर्ष सरकारले बढी भन्दा बढी लगानी गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले बताउनुभयो । विश्वविद्यालयको अवस्था तथा भावी रणनीति बारे जानकारी लिनुभएको छ । हामीकहाँ शिक्षा , अनुसंधान र प्रसार बीच तालमेल छैन । जसकारण कृषिमा चाहेजस्तो प्रतिफल नदिएको अवस्था छ । मलिलो माटो, घाम , पानी , जैविक पदार्थ छ त्यो मुलुक गरीब हुनै सक्दैन । नेपाल इन्टरनेशनल अनुसन्धान सेन्टर बन्न सक्छ । नेपालको कृषि बालीका प्रजातीहरू विभिन्न देशको प्रयोगशालामा संरक्षण गरिएको छ । तर हामी प्रवद्धन गर्न नसकेको दुर्भाग्य हो । एक लाख ३ हजार हेक्टर भएको चैते धानको एरियालाई ३ लाख हेक्टर बनाउन सकियो भन्ने हामीसँग खाधान निर्यात गर्न सक्ने क्षमता छ । यादवले बताउनुभयो । विश्वविद्यालयका उपकुलपति डाक्टर बैधनाथ महतोले यो आर्थिक वर्षमा कृषि अनुसन्धानमा तीन अर्व खर्चिएको लगायतको विषयमा जानकारी गराउँदै सरकारले कृषि अनुसन्धानमा थप बजेट दिन मन्त्रीलाई आग्रह गर्नुभएको छ ।
विश्वविद्यालयको स्थायित्व र प्रगतिको लागि विश्वविद्यालयको जग्गा प्राप्ती भवन निर्माण एवं स्नातक तहकाे कृषि संकायको अध्ययन अध्यापनमा सहजताबारे अन्य मन्त्रालय, दातृ निकाय, विकास साझेदारसँग पनि पहल गर्ने मन्त्री यादवलाई विश्वविद्यालयका रजिष्टार डाक्टर श्रीभगवान ठाकुरले मन्त्रीयादवलाई जानकारी गराएकाथिए ।
तपाईको प्रतिक्रिया !