Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

टिचिङ अस्पतालद्वारा चार लाख १६ हजार बिरामीलाई बहिरङ्ग सेवा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
July 14, 2022
टिचिङ अस्पतालद्वारा चार लाख १६ हजार बिरामीलाई बहिरङ्ग सेवा
12
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित सो अस्पतालले दैनिक दुई हजारदेखि दुई हजार ५०० बिरामीलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जानकारी दिनुभयो ।

अस्पतालको ४० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘दीर्घसेवा सम्मान तथा प्रमाणपत्र वितरण’ कार्यक्रममा कार्यकारी निर्देशक प्रा डा काफ्लेले ३६ वटा विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको बताउनुभयो ।

यस्तै, अस्पतालले ११ महिनामा विभिन्न रोगका २७ हजार बिरामीलाई भर्ना गरेर उपचार गर्नुका साथै एक हजार ७०० कडा खालको रोगको समेत उपचार गरेको प्रा डा काफ्लेले बताउनुभयो । कडा रोगमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत छन् ।

तीन सय शय्याबाट आफ्नो यात्रा थालनी गरेको टिचिङ अस्पतालले हाल एक हजार शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ । उहाँले त्रिवि शिक्षण अस्पताल पछिल्लो समय नेपालीको आशाको केन्द्रका रुपमा विकास हुँदै गएको बताउनुभयो ।

अस्पतालको ४० औँ वार्षिकोत्सवका अवसरमा आजै अस्पतालमा निरन्तर २५ वर्षभन्दा बढी समय सेवा गर्ने ७५ जना कर्मचारी, डाक्टर तथा नर्सलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ । अस्पतालका कर्मचारी, डाक्टर तथा नर्सलाई सम्मान गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्राडा दिव्यासिंह शाहले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउँदै त्रिवि अस्पतालको गरिमालाई सधैँ कायम राख्न सबैलाई आग्रह गर्नुभयो ।

“अस्पतालको उन्नति र प्रगतिसँग डाक्टर, नर्स र कर्मचारी उन्नती र भविष्य जोडिएको छ, त्यसैले अस्पताललाई अगाडि बढाउन मेहनत, लगनशील र व्यवसायी भएर लागौँ”, उहाँले भन्नुभयो । प्रा डा शाहले सबै नेपाली र विद्यार्थीको पहुँच भएको टिचिङ अस्पताललाई अगाडि बढाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ६० भन्दा बढी स्वास्थ्य विधाको पढाइसमेत हुँदै आएको छ ।

पछिलो समाचार

श्रीलंका संकटः राजापाक्षेले छाडे माल्दिभ्स

अघिल्लो समाचार

नेपाली काँग्रेसकी नेतृ पुष्पा भुषाल उपसभामुखमा निर्वाचित

तपाईको प्रतिक्रिया !

ताजा समाचार

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

7 hours ago
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

8 hours ago
नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक

नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक

2 days ago
काठमाडौं महानगरले अब काठमाडौँ प्लाजाबाट सेवा उपलब्ध गराउने

काठमाडौं महानगरले अब काठमाडौँ प्लाजाबाट सेवा उपलब्ध गराउने

2 days ago
निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहनेछु : राष्ट्रपति पौडेल

निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहनेछु : राष्ट्रपति पौडेल

6 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits