संघिय सरकारका शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया यादवले परम्परागत शिक्षा मुलुकको विकास निर्माण सम्भव नरहेको बताएका छन् । सोमवार जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यवसायिक परिषदले सोमवार जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा राज्य मन्त्री यादवले मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताईन । वर्तमान सरकारले प्राविधिक शिक्षा जोड दिएको बताउदै राज्यमन्त्री यादवले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको विकास गर्नुपर्ने बताईन ।
त्यसैगरि, मधेश प्रदेशका समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकार गठन भएको यतिको वर्ष भईसक्दापनि अहिले पनि शिक्षा क्षेत्र संघिय सरकारले आफ्ै मातहत राखेको बताए । मधेश प्रदेश सरकारले आफ्नो हैसितले विभिन्न दुई वटा विश्व विद्यालय स्थापना गरिसकेको बताउदै मन्त्री साहले प्राविधि शिक्षा सम्बन्धी विश्व विद्यालय चाडै नै स्थापना गरिने प्रदेश सरकारको योजना रहेको बताए । संघ र स्थानीय तहको मातहत राखेर शिक्षा क्षेत्रको विकास नहुने दावि गर्दै मन्त्री साहले शिक्षा क्षेत्रलाई प्रदेश मातहत राख्नुपर्नेमा जोड दिएको थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९ऋत्भ्ख्त्० का मधेश प्रदेश प्रमुख नागेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रम जनकपुरधामका मेयर मनोज साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र अधिकारी, जनकपुर उद्योग वाणिज्य संघका जितेन्द्र महासेठ, तथा सामुदायिक विद्यालय तथा निजी विद्यालयका शिक्षक शिक्षिका सहितका सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !