Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

नेप्से परिसूचक पुनःओरालो यात्रामा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 27, 2022
नेप्से परिसूचक पुनःओरालो यात्रामा
20
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा एक दिन पनि कायम रहन सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८५ अङ्कले ओरालो लागेर एक हजार ९३३.१३ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०२ अङ्कले ओरालो लागेर ३७५.८२ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर रु दुई अर्ब चार करोड ४८ लाख ३१ हजार ९४८ बराबर मूल्यमा कारोबार भयो ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ५६ अर्ब १५ करोड ६२ लाख ८० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जीवन बीमा ११३.९६ र लगानी ०.६४ अङ्कले उकालो लागेको छ । बैंकिङ १२.३८, ब्यापार ३४.६१, होटल तथा पर्यटन ७०.७८, विकास बैंक ११७.५५, जलविद्युत् ६०.३३, वित्त ३०.८६, निर्जीवन बीमा ९७.८३, उत्पादन ४१.३२, अन्य ३७.९२, लघुवित्त ६७.२२ र सामूहिक लगानी कोष ०.१९ अङ्कले ओरालो लाग्यो ।

कारोबारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६५ लाख ८८ हजार २७४ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु नौ करोड सात लाख ४४ हजार २६१, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु आठ करोड दुई लाख ९६ हजार ३२५, नबिल बैंक रु सात करोड १४ लाख १२ हजार २४२ र एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ८७ लाख १५ हजार ६५१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी हाइड्रोपावर ९.९६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९.१५, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.०७ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ४.८६ प्रतिशतले कमाएका छन् ।

उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । प्राइम बैंकको ऋणपत्र ७.९७, तेह्रथुम पावर कम्पनी ७.२२, प्रुडेन्सियल इन्स्योरेन्स ६.२४ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ५.४४ प्रतिशतले गुमाएका छन् ।

पछिलो समाचार

नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री

अघिल्लो समाचार

असार १५ को परम्परा मनाइयो दहीचिउरा खाएर

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits