धादिङ- धादिङको धार्केमा किसानहरुले रासायनिक मल बोकेको ट्रकबाट मल लुटेका छन ।
काठमाडौँतर्फ आउँदै गरेका २ वटा ट्रकहरुबाट किसानहरुले मल लुटेका हुन । करिब ५ सय ३० बोरा रासायनिक मलमध्ये सबैजसो मलका बोरा लुटिएको हाम्रा संवाददाता शिव सिलवालले जनाएका छन । दुबै ट्रकमा युरिया र डीएपी मल रहेको प्रहरीले जनाएको छ ।
स्थानीय किसानहरुले २ वटा ट्रकबाट मल निकाल्न लाग्दा प्रहरीसँग झडप भएको थियो । तर सयौँ किसानहरुले प्रहरीको रोकावटको बाबजूद पनि मल निकालेका थिए ।
मल बोकेका दुबै ट्रक अहिले प्रहरी चौकीमा राखिएको छ।
किसानहरुले खेती गर्ने समयमा मलको अभाव भएपछि मलको जोहो गर्न नसक्दा समस्या भोगिरहेका थिए ।
तपाईको प्रतिक्रिया !