मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।
अर्थमन्त्री साहले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार बजेट विनियोजन गरेका छन् ।
यस्तै, वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट करिब ३४ अर्ब रहेको छ ।
तपाईको प्रतिक्रिया !