Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

नेपाली कांग्रेसको विजय र्‍यालीमा आक्रमण, ६ जना घाइते

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 20, 2022
नेपाली कांग्रेसको विजय र्‍यालीमा आक्रमण, ६ जना घाइते
12
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज महानगरपालिका वडा नम्बर–२७ को अध्यक्ष जितेपछि नेपाली कांग्रेसले निकालेको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी ६ जना घाइते भएका छन् ।

नेकपा एमालेको वडाध्यक्षका उम्मेदवारसहितको समूहले र्‍यालीमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।

आक्रमणमा परी ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय आइसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ४ जना उपचारपछि घर फर्किसकेका छन् भने महम्मद मियाँ र आयसा खातुनको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।वडा नम्बर २७ को अध्यक्षमा १५१६ मत ल्याएर कांग्रेसका हृदयनारायण प्रसाद कुर्मी विजयी भएका थिए । नेकपा एमालेका प्रदीपकुमार यादव भन्दा ४०५ मत ल्याएर कुर्मी निर्वाचित भएका हुन् । प्रदीपले १११६ मत पाए । ०७४ को निर्वाचनमा प्रदीप वडाध्यक्षमा निर्वाचित भएका थिए ।

हृदयले जितेको खुशीमा बिहीबार बेलुकी उत्सव मनाइरहेको समयमा वडाध्यक्षमा पराजित एमालेका प्रदीपसहितको समूहले लाठीले कुटपिट गरेको घाइतेहरुले बताएका छन् । प्रदीप सहितका मानिसहरु आएर एमालेलाई भोट नहालेर कांग्रेसको विजयी र्‍यालीमा गएको भन्दै आफूहरु माथि कुटपिट भएको घाइतेहरुले बताएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्ष प्रदीपसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदीपसहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

घाइतेहरुले घटनामा निवर्तमान वडाध्यक्षमा पराजित उम्मेदवार प्रदीपको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाललेजानकारी दिए ।

पछिलो समाचार

एमालेले जित्यो कलैया उपमहानगर

अघिल्लो समाचार

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

19 hours ago
तीन मन्त्रीको शपथ

तीन मन्त्रीको शपथ

19 hours ago
मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

19 hours ago
सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

2 days ago
माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits