धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा वडा नं. ६ मा वडाअध्यक्षमा नेकपा एमालेका विनोद प्रसाद गुप्ता विजयी भएका छन् । गुप्ता ११ सय ५१ मत ल्याएर विजयी भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका निवर्तमान वडाअध्यक्ष मान बहादुर श्रेष्ठ ५ सय ५७ मत मात्र ल्याउन सकेका छन् । यस अघि क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ मा नेपाली काँग्रेसका वडाअध्यक्षको उम्मेदवार मो. मोबारक कवाडी (नथुनी) ६५२ मत ल्याएर विजयी भएका छन् । कवाडी ३५२ मत अन्तरले विजयी भएका हुन् ।
तपाईको प्रतिक्रिया !