सर्लाहीको रामनगर गाउँपालिकामा लोकतान्त्रिक समाजवाद पार्टी नेपाल (लोसपा)ले घरदैलो तीव्र पारेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामनगर गाउँपालिकामा घरदैलोको क्रममा अध्यक्ष का उम्मेदवार मनिष कुमार मिश्रले स्वास्थ, शिक्षा विपन्न दलित परिवारको लागि घर निर्माण र फुसको छानामुक्त रामनगर बनाउने अभियान र बिकास गरि देशको नमुना गाउँपालिका बनाउने प्रतिबद्धता गरेका छन् । यसैगरि ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनतासंग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको मिश्रले बताएका छन । रामनगर गाउँपालिकाको उपाअध्यक्ष बैदेही देवी साह सहित वडा अध्यक्ष उम्मेदवार रामपथ राय यादव, रबिन्द्र तिवारी, निलम देवी मिश्र, ओम प्रकाश साह, महेन्द्र राउत, सुर्यकान्त केशरी सहित सम्पुर्ण प्यानललाई जिताउन लोसपाले मतदाता लाई मतदान गर्न अपिल गरेका छन् । रामनगर गाउँपालिका वडा नं.१ खायरवाबाट सुरु भएको घरदैलो अभियान १,देखि७ वटै वडामा संचालन हुनेछ । वडाबासीको घरघरमा पुगेर लोसपालाई जिताउन आग्रह गर्दै लोसपाले नै पालिकालाई समृद्ध बनाउने जोड दिएका छन् । शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित शहरीकरण सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका लागि लोसपा जित्नुको विकल्प नरहेको मतदाताहरुले प्रतिक्रिया दिए । घरदैलोमा लोसपाका नेता कार्यकता, वडा अध्यक्ष सहित वडा सदस्यका उम्मेदवार र जनताहरुकोको बाक्लो उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !