Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

भरतपुरमा दलहरुका चुनावी सभा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 4, 2022
भरतपुरमा दलहरुका चुनावी सभा

Kf|lta4tf kq ;fj{hlgs lrtjg, @) j}zfv . nf]stflGqs jfd u7aGwg e/tk'/ gu/kflnsf lrtjgsf] k|lta4tf kq ;fj{hlgs ub}{ k|d'v kbsf ;femf pDd]bjf/ /]0f' bfxfn, pkk|d'v kbsf pDd]bjf/ lrq;]g clwsf/Lnufot . t:jL/ M c~hnL yfkf, /f;;

26
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर- राजनीतिक दलहरुले भरतपुरमा चुनावी प्रचारका लागि आमसभा गर्ने भएका छन् । सत्ता गठबन्धनले बिहीबार सभा गर्दै छ भने विपक्षी गठबन्धनले वैशाख २५ गते सभा गर्दैछ । सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्रकी रेनु दाहाल र विपक्षी गठबन्धनबाट नेकपा एमालेका विजय सुवेदी उम्मेदवार हुनुहुन्छ । निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्षीय गठबन्धन र विपक्षीय गठबन्धन दुवै लागि परेका छन् । यसै सन्दर्भमा सत्तापक्षीय गठबन्धनले भरतपुरमा शीर्ष नेताको उपस्थितिमा जनसभा गर्न लागेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सत्ता गठबन्धनको जनसभामा पार्टीका सभापति शेरबहादुर देउवाको समेत उपस्थिति हुँदैछ । सो सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगन कुमार थापासँगै जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताको उपस्थिति हुनेछ । जनसभाका लागि कांग्रेस पार्टी सभापति देउवासहितको टोली आजै चितवन आउने कार्यक्रम तय भएको छ । जिल्ला सभापति खनालले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्रीहरुको हैसियतबाट नभएर पार्टीको सभापति र नेताको हैसियतले उहाँहरु यहाँ आउन लाग्नुभएको हो ।”

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताको उपस्थितिमा चुनावी सभा हुँदै छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा दुवै गठबन्धनले सभा गर्दै छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको थियो भने गठबन्धनका तर्फबाट प्रमुखकी उम्मेदवार रेनु दाहालले ४३ हजार १२७ मत प्राप्त गर्नुभएको थियो । राप्रपाका तर्फबाट बद्रीनाथ तिमील्सीनाले ६ हजार ८४२ मत प्राप्त गर्नुभएको थियो । गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नुभएकी पार्वती शाह ठकुरीले ४७ हजार १९७ मत प्राप्त गर्नु भएको थियो । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याउनुभएको थियो भने राप्रपाबाट उम्मेदवार बन्नुभएकी रिना गुरुङ्गले सात हजार २५२ मत प्राप्त गर्नुभएको थियो । एकिकृत समाजवादी सत्ता गठबन्धनतर्फ छ भने राप्रपा नेकपा एमालेसँग मिलेको छ ।

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार ३ मतदाता थिए । यसपालिको स्थानीय तहको चुनावमा ७४ हजार ६७२ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको चुनावलाई आधार बनाउँदा थपिएकामध्ये आधाभन्दा बढी भरतपुर महानगरमा थपिएका हुन् । भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता थपिएर एक लाख ८५ हजार ७५२ मतदाता पुगेका छन् ।

पछिलो समाचार

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन : प्रधानमन्त्री

अघिल्लो समाचार

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : वरिष्ठ नेता पौडेल

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits