धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेपाली कांग्रेसले घरदैलो तीव्र पारेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लक्ष्मीनियाँ गाउँपालिकामा घरदैलोको क्रममा अध्यक्ष का उम्मेदवार भोगेन्द्र मिश्रले स्वास्थ, शिक्षा र बिकास गरि देशको नमुना गाउँपालिका बनाउने प्रतिबद्धता गरेका छन् । यसैगरि ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनतासंग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको मिश्रले बताएका छन । लक्ष्मीनियाँ गाउँपालिकाको उपाअध्यक्ष फुल कुमारी यादवनी सहित वडा नं. ७ को वडा अध्यक्ष उम्मेदवार भोगेन्द्र राउत सहित सम्पुर्ण प्यानललाई जिताउन कांग्रेसले मतदाता लाई मतदान गर्न अपिल गरेका छन् । लक्ष्मीनियाँ गाउँपालिका वडा नं.७ भगवतीपुरबाट सुरु भएको घरदैलो अभियान १,देखि७ वटै वडामा संचालन हुनेछ । वडाबासीको घरघरमा पुगेर कांग्रेसलाई जिताउन आग्रह गर्दै कांग्रेसले नै पालिकालाई समृद्ध बनाउने जोड दिएका छन् । शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित शहरीकरण सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका लागि कांग्रेस जित्नुको विकल्प नरहेको मतदाताहरुले प्रतिक्रिया दिए । घरदैलोमा कांग्रेसका नेता कार्यकता, वडा अध्यक्ष सहित वडा सदस्यका उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !