चारैतिर नदी र खोलाले घेरिएको सर्लाहीको रामनगर गाउँपालिका कुनै बेला गुण्डाराजका लागि बद्नाम थियो। भौतिक पूर्वाधारमात्र होइन सक्षम कर्मचारी र शिक्षकको अभावका कारण गाउँपालिका विकासमा पछाडि परेको थियो। तर अब आफू जन्मिएको गाउँपालिकालाई विकसित बनाएर अगाडि ल्याउनका लागि कम्मरकसेर लागि पर्नु भएको छ युवा नेता मनिष कुमार मिश्र। यो पालिकाका क्षेत्रका बालबालिकाले अलि राम्रो पढौ भन्ने हो भने स्कुल सम्म थिएन। त्यो पीडा मनिष कुमार मिश्र आफैले भोग्नु भएको हो।
मनिष कहिले पहाडी जिल्लाहरूमा पढन पुग्नु भयो त कहिले राजधानी काठमाडौँ। तर त्यसले मनिषलाई देश र नेपाली समाज बुझ्ने मौका दियो। त्यसैले मनिषले विद्यार्थीबाट राजनीतिक यात्रा सुरुगर्नुभयो। १४ वर्षदेखि नेपाली विद्यार्थी राजनीतिमा एउटा परिचित र क्रान्तिकारी छवि बनाएपछि विद्यार्थी राजनीतिबाट बिदा लिएर उहाँ अब आफ्नो गाउँपालिकाको विकासमा पूर्ण रूपमा समर्पित हुन चाहनुहुन्छ। निष्कर्षमा पुगेका छन् । लोकतान्त्रिक सिद्धान्तलाई स्वीकार गरी राजनीति थाल्नुभइका मनिष कुमार मिश्रको परिवारिक पृष्ठभूमि नेपाली काँग्रेसको हो। आफ्नै क्षेत्रका तत्कालीन निर्वाचित सांसद महन्थ ठाकुरसँग परिवारिक सम्बन्ध र बुवा उदय नारायण मिश्र तत्कालीन काँग्रेसका सक्रिय कार्यकर्ता भएको आधारमा महन्थ ठाकुरसँग मनिषको राजनीतिक यात्रा शुरू भयो।
तमलोपाबाट राजपा त्यसपछि जसपा र लोसपा हुँदै मनिषको राजनीतिक यात्रा जारी छ । राजनीति एउटा कुरा हो। मनिष कुमार मिश्रको भित्री इच्छाचाहिँ आफ्नो जन्मथलोलाई कसरी सम्बृद्ध बनाउने भन्ने नै हो। त्यसका लागि मनिषले खानेपानी ट्याङ्की बनाउनेदेखि छठीघाट धर्मशालालगायतका अनेकन विकासका काम गरिसक्नु भएको छ।
अहिलेसम्म गरेका काम। आफ्नो ठाउँका लागि मनिष कुमार मिश्रका अनेकन सपना छन् तिनलाई साकार गर्न चाहनुहुन्छ। जनता पनि मनिष कुमार मिश्रकै पक्षमा आउँदैछन् किनकी जनचाहना पनि विकासप्रेमी युवा नेताको नै छ। (भिडियो सहित)
तपाईको प्रतिक्रिया !