मोरंगको विराटचोक सुन्दरहरैचामा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह अन्तर्गत आज मंगलवार श्री कृष्ण जन्म उत्सव मनाईएको छ ।
श्रीमद्भागवत सप्ताहमा सहभागि श्राद्र्धालु भक्तजन, स्थानीयवासी हरुले एक अर्कालाई ददि बेसार र अबिरसहित गोबिन्द गोकुल आयो… भजन संगितमा मन्त्रमुग्ध भई होलि खेल्दै जन्म उत्सव मनाएका थिए ।







सम्पुर्ण पितृहरुको उद्धारणार्थ शुक्रबार वैशाख २देखि चैत ९ गते सम्म हुने श्रीमद्भागवत महापुराण सप्ताहको प्रमुख वाचक पंडित श्री दिनेश कौशिक महाराज जीको मुखार्बिन्द बाट कथावाचन भएई रहेको छ । संगितमय भागवत कथामा भजन गायकले आफ्नो धार्मिक संगित भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ । मोरंग विराटचोक सुन्दरहरैचा -९ (PLO )छेउमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताहमा हरेक दिन विहान ६ बजे देखी९:३०सम्म पुजा पारायाण ९:३० देखी १२बजे र दिउँसो २ वजेदेखि ५बजेसम्म कथा प्रवचनको कार्यक्रम रहेको चन्द्र कुमार खत्री ले जानकारी गराएको छ ।