मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने जडिबुटी वनस्पतिलाई संरक्षण र प्रवद्धन गर्न सकेको खण्डमा मुलुकको समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।
२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताए ।
धनुषाधाम संरक्षित वनक्षेत्र संग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने बताउदै मुख्यमन्त्री राउतले वनस्पतिको संरक्षण र प्रवद्धनमा प्रदेश सरकारले समेत सहयोग गर्न सक्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रदेश सासद तथा स्वच्छता अभियानी राम अशिष यादवले धनुषाधामलाई वनस्पति उद्यान र वनजंगललाई मध्यनजर गर्दै धनुषाधामलाई चियाखाना बनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता गरेका वनस्पति अनुसन्धान केन्द्र धनुषका प्रमुख ताहिर हुसेनले को धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहे्को बताए । वजेटको अभावमा आफुले चाहे जस्तो वनस्पतिको विकास गर्न नसकेको उनले बताए ।
वस्तपति दिवसको अवसरमा मुख्यमन्त्री राउतले पिपलको विरुवा रोपन गरेका थिए ।
तपाईको प्रतिक्रिया !