Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 6, 2022
गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ : अध्यक्ष दाहाल
16
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताउनुभएको छ । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताउनुभयो ।

दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।”

वर्षौदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थकरूपको सुरूआत आज चितवनको भरतपुरबाट सुरू भएको उहाँको भनाइ छ । विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूआत गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताउनुभयो । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपूर्जा दिने कार्य कुनै पनि निर्वाचनले नरोक्ने बताउनुभयो ।

असली भूमिहीन नछुट्न भन्नेमा सरकार र पार्टी प्रतिबद्ध भएको भन्दै उहाँले चितवनबाट यसको सुरुआत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोही भूमिहीन नछुटुन् र कोही गैर भूमिपतिहरूले भूमिहीनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्मचारीहरू सजग हुनुपर्छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरूआत भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको सुरुआत भएको बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पुर्जा दिएरै छाड्छौँ ।”

सो अवसरमा भरतपुर महानगरपालिका–२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । सोही क्षेत्रमा ६९७ जना भूमिहीन छन् । तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् एक परिवारले १३० वर्गमिटर नबढाई भोगचलन गर्दै आएको जग्गा दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नरेन्द्र खड्का, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालगायतले भूमिहीन नागरिकलाई राज्यले सम्बोधन गर्ने विश्वास दिलाउनुभयो ।

पछिलो समाचार

‘कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन’

अघिल्लो समाचार

मन्त्री झाँक्रीद्वारा पुरातात्विक संरचनाको निरीक्षण

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

5 hours ago
गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

2 days ago
गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

2 days ago
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

3 days ago
आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits