भारत भ्रमणका रहेका नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारतयि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार दिउँसो साढे १२ बजे नयाँ दिल्ली स्थित प्राविधिकको सहयोगमा भर्चुयल रुपमा कुर्था– जयनगर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
रेल संचालनको समय पटक–पटक तोकिएपनि त्यो समय फेल हुदै आएको थियो । तर शनिवार दुई देशमा प्रधानमन्त्री उद्घाटन गरेपनि रेल सेवा नियमित रुपमा चल्ने नेपाल रेल्वे कम्पनिले जनाएको छ । नेपाली समय साढे १२ वजे भारतको जयनगरस्थित नेपाली स्टेशनबाट रेलको उद्घाटन भई संचालन हुने छ । जयनगरबाट आउने रेलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्ने छिन् । मन्त्री यादवमा चढेर कुर्था सम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ । जनकपुरधाम कार्यालय परिसरमा एक कार्यक्रम गरि आयोजना गरिएको छ ।
श्निवार रेल उदघाटन कार्यक्रम भएकोले सर्वसधारणलाई रेलमा चढ्न आईतवारदेखि मात्रै खुल्ला हुने छ, महाप्रबन्धक झाले भने,‘ शनिवार टिकट काटिने छैन, आईतवारदेखि मात्रै टिकट काटने व्यवस्था मिलाएका छौ ।’ ‘टिकट काटने कर्मचारीदेखि लिएर अन्य कर्मचारी शुक्रवार नै जिम्मेवारी तोकिएको स्टेशन तथा हल्टहरुमा खटिसकेका छन्,तर शनिवार नै देखि यात्री बोकेर चलाउन प्राविधिक समस्या भएकोले आईतवारदेखि नियमित संचालन गर्ने योजना बनाएका छौ’,उनले भने ।
भारत सरकारको ८ अर्व ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर– कुर्था सम्म ३२ किलोमिटर रेल संचालनको हुन लागेको महाप्रबन्धक झाले बताए । रेल संचालनका लागि चालकसहितका प्रविधिक कर्मचारी भारतिय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रन्धक झाले बताए । बाँकी प्रशासनीक तथा सहयोगी गरि ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरि उनीहरुलाई तालिम समेत दिई तयार गरिसकेको महाप्रन्धक झाले बताए । विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरु लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भईसकेको रेल्वेका महाप्रन्धक निरंजन झाले बताए ।
२०७७ साल असोजमा नेपाल सरकारले भारती रेल्वे कोकंण कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा बोगिसहितको दुई वटा रेल खरिद गरिएको थियो । तर कानुन, कर्मचारी र वजेटको अभावमा रेल संचालन हुन सकिरहेको थिएन । रेल संचालन सम्बन्धी अध्यादेशबाट ल्याएको कानुन दुई पटक फेल भएपछि केहि दिन अघि तेस्रो पटक अध्यादेशबाट ल्याएको कानुन अनुसार रेल संचालन हुन लागेको हो ।
यस्तो छ रेल संचालनको समय
विहान ८ वजेदेखि जयनगरबाट संचालन भई १० बजे सम्म कुर्था पुग्ने छ । त्यसपछि १० बजेर ४५ मिनेटमा कुर्थाबाट पुनः जयगनरको लागि संचालन भएर साढे १२ बजे सम्म जयनगर पुगि त्यहाँ रात भारि होल्ड गर्छ । त्यसपछि दिउसो ३ बजे अर्को रेल जयनगरबाट सवारी बोकेर ५ बजे सम्म कुर्था पुग्छ र त्यसपछि पुनः ५ वजे कुर्थाबाट जयनगरको लागि खुल्छ र ७ बजे सम्म जयनगरमा पुगेर रात भरि होल्ड गर्छ । यसरी दुवै रेल रात भरि जयनगरमै गएर होल्ड गरिने व्यवस्था मिलाईएको नेपाल रेल्वे कम्पनिले जनाएको छ ।
कुर्थादेखि जगनगर सम्म जेनरल भाडा ७० रुपैया
नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जेनरल ७० र एसीमा ३ सय ५० रुपैया भाडा तोकेको छ ।
रोल होल्ड ।
त्यस्तै एक स्टेशनबाट अर्को स्टेशन सम्मको भाडा दर २० रुपैया तोकिएको महाप्रन्धक झाले बताए । कुर्थादेखि जयनगर सम्म ५ स्टेशन र ३ वटा हल्ट रहेको छ । जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदही र कुर्थालाई स्टेशन तोकिएको छ भने मैनाथपुर , देउरी परवहा र जनकपुरधामलाई हल्ट रहेको छ । रेल्वको टिकट स्टेशन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए । तत्काल रेल्वको टिकट स्टेशनमै गएर खरिद गर्न सकिन्छ, उनले भने,‘ पछि घरमै बसेर पनि अनलाईन मार्फत रेलको टिकट बुक गर्न सक्ने सिस्टम बनाउछौ ।’
फेरिदै रेल्वेको स्वरुप
भारतीय ब्रिटिस शासकले विक्रम सम्वत १९९४ मा महोत्तरीको जगंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ति रेललाई नेपाल सरकारको जिम्मेवारी दिईएको थियो । नेपाल सरकारले ति रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदिमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदिको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा समिति हुन पुगे ।
मर्मत सम्भारको अभाव र राजनीति दलहरुले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा विस्तार विस्तारै बन्द नै अवस्थामा पुगेका थिए । पटक–पटक लिक छोडने तथा दुर्घटानमा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नती गर्न भारत सरकारसँग आग्रहा गरिएको थियो । २०७१ साल माघ देखि उक्त सेवाई पुर्ण रुपमा ठप्प गरि स्तरोन्नतीको काम हुदै आएको छ ।
सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर– विजलपुर– बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपल्बध गराउने र निर्माण सम्बन्धी सम्पुर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्यृति लागयतका सम्पुर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ ।
नयाँ मोडेलका आधुनिक रेल
डिजेल ईलेक्टिक मल्टिपल युनिट ९म्भ्ःग्० डिजेल र विधुत दुवैबाट चल्ने यि दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कमपनीले दावि गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् ।
प्रति घण्टा ११० किलो मिटरको स्पीडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रिले यात्रा गर्न सक्छन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।
२० मिटर लामो रेलको ईन्जिनवाहेक एक एसि र २ जेनरल बोगि रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको अभरेज दिने रेलमा आवश्कयता अनुसार थप ४ वटा बोगि सम्म जोडन सकिने निर्माण कम्पनीको दावि छ ।
रेल संचालनपछि आर्थिक क्षेत्रमा टेवा पुग्ने विश्वसा
लामो समयदेखि रेल संचालनको प्रतिक्षा गरिरहेका यस नेपाल तथा भारतका जनता तथा व्यापारी रेल संचालन भएपछि हर्षित भएका छन् ।
जनकपुरसहित सम्रग मधेशको आर्थिक विकासको मेरुदण्ड मानिएको नेपालका एक मात्र रेल सेवा सञ्चालनमा आएको पछि यस क्षेत्रको आर्थिक गतिविधि तथा धार्मिक पर्यटकमा ठुलै टेवा पुग्ने सर्वसधारणको भनाई छ ।
जयनगर जनकपुर रेल भारतीय रेल संजालसँग जोडिएकोले भातरका विभिन्न शहरमा नेपालीको सहज पहुच भएको छ । रेल संचालन भएपछि जयनगर हुदै भारतको राजधानी दिल्ली, पटना, बनास, कलकता लगायत भारतका विभिन्न शहरहरुमा सहज यात्रा गर्न सकिने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
रेल बन्द भएदेखि जनकपुरको व्यापारमा व्यपाक गिरावट आएको भन्दै अध्यक्ष महासेठले भने,‘ रेल सुचारु हुदाँ दैनिक हजारौ भारतीय श्रद्र्धालु भक्तजनहरुको जनकपुरमा आउने गर्छन ्। त्यसले पनि जनकपुरको व्यापारमा सुधार आउछ ।‘ त्यस्तै, रेल संचालन भएपछि भारतीय बजार जयनगरका व्यापारी तथा सर्वसधारण जनता पनि खुसि भएका छन् ।
रेल बन्द भएपछि भारतीय बजार जयनगरको कारोवारमा व्यापक गिरावट आएको भारतीय व्यापारी मनोज साहले बताए । सिमावति क्षेत्रमा रहेका जयनगर बजारमा किनमेल गर्ने अधिकांश नेपाली रहेका छन् । तर रेल नै बन्द भएपछि यस क्षेत्रका नेपाली नागरिक हरिने, जटही, मधवापुर मटिहानी लगायतका सिमावर्ति भारतीय बजारमा जानेको गरेको जयनगर बजारको कारोवार प्रभावित भएको ति व्यापारीले बताए ।
अगामी दुई महिनामा भित्रमा रेल बिजलपुरा सम्म पुग्ने पहिलो चरणमा कुर्था–जयनगर सम्म संचालन हुने रेल अगामी दुई महिना भित्रैमा दोस्रो चरणमा विजलपुरा सम्म पुग्ने बताईएको छ । कुर्था देखि बिजलपुरा सम्मको निर्माणको काम अन्तिम चरणमा पुगि सकेकोले अगामी दुई महिना भित्रै बिजलपुरा सम्म रेल पुग्ने रेल्वेका जनकपुरका साईट इन्जिनियर बिनोद ओझाले बताए । सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर– विजलपुर– बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपल्बध गराउने र निर्माण सम्बन्धी सम्पुर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्यृति लागयतका सम्पुर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ । भारत सरकारको ८ अर्व ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर– कुर्था, दोस्रो चरणमा कुर्था बिजलपुरा र तेस्रो चरणमा बिजलपुरा बर्दिवास सम्म रेल पुरयाउने योजना रहेको ओझाले बताए । उनले बिजलपुरादेखि बर्दिवास सम्मको जग्गा अधिग्रहणको काम धामाधम भईरहेकोले अगामी ३ देखि ४ वर्षको भित्रमा बर्दिवास सम्म नेपाली रेल्वे पुग्ने बताए ।
तपाईको प्रतिक्रिया !