Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 26, 2022
निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार ललितपुर काे पाटन दरबार क्षेत्रमम वि स २०७२ सालकाे भूकम्प ले क्षतिग्रस्त भिमसेन मन्दिर पुननिर्माण सम्पन्न भएकाे उपलक्ष्य मा अायाेजित कार्यक्रम मा दरबार क्षेत्र परिसरमा कार्यक्रम मा सम्बाेधन

19
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उहाँले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताउनुभयो । उहाँले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा नीजि क्षेत्रको सहयोग पनि अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारद्वारा निर्माण भएका विकास सम्बन्धी अधिकांश काम राम्रो, छिटो र गुणस्तरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहलाई नै विकासको काममा जिम्मेवारी दिन अतिआवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेका ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।”

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउँदै भिमसेन मन्दिर पनि निजी क्षेत्रको सहयोगमामा निर्माण भएकाले अन्य मठमन्दिर पनि नेपाली मौलिक झल्कने खालको बनाउनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर महानगरपालिकामा प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका धार्मिक सम्पदाको पुनःनिर्माणलाई महानगरपालिकाले तीव्रताका साथ सम्पन्न गरेको उल्लेख गर्दै स्थानीय सरकारले मुलुकको विकासलाई अगाडि बढाउन सहयोग पु¥याएको बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नीजि क्षेत्र व्यापार व्यवसायमा मात्र नभई धार्मिक सम्पदाको निर्माण गर्नुपर्दछ भन्ने मान्यता राखेको बताउनुभयो ।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरको पुनःनिर्माण ललितपुर उद्योग बाणिज्य सङ्घको अगुवाइमा भएको हो र यसमा ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । ललितपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले २०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिर पाँच वर्ष लगाएर पहिलेकै शैलीमा निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब रु चार करोड ९७ लाखको लागतमा निर्माण गरिएको मन्दिर महानगपालिकाले रु एक करोड, एभरेष्ट बैक र इन्भेष्टेमेन्ट बैकले रु एक÷एक करोड तथा स्थानीय श्रमदानमा निर्माण गरिएको हो । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको बताइएको छ ।

पछिलो समाचार

पूर्ण सुरक्षीत मातृत्व प्रदेश कार्याशाला गोष्ठि सम्पन्न

अघिल्लो समाचार

नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ सहयोग

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits