फागुनशुक्लआमावसिया देखि जनकपुरधामबाट शुरु हुने मध्यामा परिक्रमाबिहारकै गिरिजास्थानहुदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको प्रवत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, कल्याणेश्वरहुदै आजपुनःजनकपुरधामपुगि गृह परिक्रमापश्चात परिक्रमा सम्पन्नहुने गर्छन । भोलि विहान २ बजेदेखि नै श्रद्र्धालुभक्तजनहरु जनकपुरको गृह परिक्रमागरिने छ ।
परिक्रमामा सहभागीहुने श्रद्धालुहरुले खाने, लाउने र सुत्ने सामाग्रीआफैले बोकेर १५ दिनको अवधीमाकरिब एक सय २७ किलोमिटर सम्मखालीखुट्टा नै हिड्ने गरेका छन् ।
यसैबीच, जनकपुरधामको वारह विद्यामापुगेका परिक्रमावासीको स्वागतमा मधेश प्रदेश सरकारको सहयोगमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले कार्यक्रमको आयोजना गरेको छ ।
परिक्रमामा सहभागीहुँदा परिवारमा सुख समृद्धिको आगमन, जीवनमा गरेको पापबाट मुक्तिप्राप्ती र मरनोपरान्तआत्मालाई शान्तिपाउने जनविश्वास रहेकाले हिन्दु धर्मावलम्बीहरुले श्रद्धा पुर्वक मिथिला परिक्रमागर्दछन् । मिथिलाञ्चल क्षेत्रको एतिहासिक, धार्मिक तथापौराण्ीक महत्वको १५ दिने मिथिला परिक्रममाशुक्रवार धनुषाको प्रवत्तापुग्ने छ ।
परिक्रमाको प्रत्येकविश्राम स्थलमामिथिलामहात्म्यको कथाबाचनगर्ने परम्परा रहेको सुन्दर सदनकामहन्थनवलकिशोर शरणले बताए ।
तपाईको प्रतिक्रिया !