वजेट व्यवस्थापन तथा वजेट कार्यान्वयलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, युनिसेफको प्राविधिक सहयोग तथा मधेश प्रदेशका आर्थिक मामिला मन्त्रालयको सहजिकरणमा सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मधेश प्र्रदेशका अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले वित्तिय व्यवस्थापन सहि तरिकाले नहुदा वजेट कार्यान्वयनमा समस्या आउने गरेकोले सरोकारवाला निकायलाई क्षमता अभिवृद्धिको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिको बताए । कार्यक्रममा कसरी निर्माण गर्ने, वजेटका आधारभुत सिधान्तहरु, वजेटको सहि तरिकाले व्यवस्थापन नहुदाँ विकास निर्माण गर्ने प्रभाव लगायतका विषयमा युनिसेभका प्रशिक्षकहरु ठाकुर ढकाल, अनिता दाहाल,चिजा भन्डारीलगायतकाले सहभागिहरुलाई विस्तुत रुपमा जानकारी गराएका थिए ।
विकास निर्माणका लागि सार्वजनिक वित्तिय,वजेट व्यवस्थापन र कार्यान्वयन महत्वपुर्ण रहेकोले वजेट निर्माणमा संलग्न पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यत्रममा सहभागि गराईएको युनिसेफका चिजाभन्डारीबताईन ।
तपाईको प्रतिक्रिया !