संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले युट्युव च्यानललाई नियन्त्रण नभइ नियमन र थप मर्यादित बनाउन सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ को ११ औं संशोधन गरेको बताउनु भएको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले दर्ता शुल्कको वारेमा थप छलफल गर्न सकिने बताउनु भयो । सो अवसरमा मन्त्री कार्कीले काठमाडौंको फोहर व्यवस्थापनका लागि बन्चरेडाँडाका स्थानीयको समस्या समाधान गर्न स्पेशल र्यापिड टास्कफोर्स गठन गर्न लागिएको पनि जानकारी दिनु भयो ।
हिजो वसेको मन्त्रिपरिषदको वैठकले स्थानीयको समस्या अनुगमन र समाधानका लागि स्थानीय र स्थानीय जनप्रतिनिधिहरु सम्मिलित टास्क फोर्स गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।
वैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । त्यसैगरी श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री कृष्णकुमार श्रेष्ठलाई युएइ, कतार र सेसेल्सको भ्रमण गर्न अनुमति दिने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा साउदी अरेवियाका परराष्ट्रमन्त्रीले फागुन ३० गतेदेखि चैत्र १ गतेसम्म नेपालको भ्रमण गर्न लागेको पनि जानकारी दिइएको थियो ।
त्यसैगरी मन्त्रिपरिषदको वैठकले औद्योगिक व्यवसाय नियमावली २०७८, सार्वजनिक खरिद नियमावली २०७८ ११ औ संसोधन २०७८ स्विकृत गरेको । विहीवार वसेको मन्त्रिपरिदषको वैठकले फोहरमैलासम्बन्धि कानूनको मस्यौदा तयार गर्न संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयलाइ सहमति दिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
तपाईको प्रतिक्रिया !