मधेश प्रदेशमा संचालित सुरक्षित मातृत्व कार्यक्रमलाई अझ प्रभावकारी सरोकारवालासँग अन्तक्रिया गएिको छ ।
विहीवार जनकपुरमा यु.एन.एफ.पि.एको सहयोगमा जनकपुरका लाईफ नेपालले आयोजना गरेको प्रदेश स्तरीय सरोकारवालासँग अन्तरक्तिया कार्यक्रममा सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउन छलफल गरिएको हो । सुरक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहको भुमिका महत्वपुर्ण रहेको मधेश प्रदेशका महिला बालबालिका युवाा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद बिमलीले बताए । शिशु मृत्यु दर, बाल मृत्यु दर रोक्न सुरक्षित मातृत्व आवश्यक रहेको बताउदै
जनकपुरधाम उपहानगरपालिका उपमेयर रिता झाले स्थानीय तहहरुले आफ्नो क्षमता अनुसार सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएपनि सिमित श्रोत साधनको अभावमा प्रभावकारी हुन नसकिरहेको उनले बताईन ।सुरक्षित मातृत्व क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसकारी संघसंस्थाले आ–आफ्ना स्थानमा जिम्मेवारीपुर्वक काम गर्नुपर्ने बताए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि, मधेश प्रदेश सरकारका स्वास्थ्य कर्मचारी सहितका सहभागिता रहेको कार्यक्रममा लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले स्वागत मन्तव राखेका थिए ।
तपाईको प्रतिक्रिया !