Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कुष्ठरोगको प्रभावकारी उपचार, नियन्त्रण तथा नयाँ बिरामीको खोज तलासका लागि धनुषा जिल्लामा विशेष अभियान चलाउने

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 7, 2022
कुष्ठरोगको प्रभावकारी उपचार, नियन्त्रण तथा नयाँ बिरामीको खोज तलासका लागि धनुषा जिल्लामा विशेष अभियान चलाउने
20
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

कुष्ठरोगको प्रभावकारी उपचार, नियन्त्रण तथा नयाँ बिरामीको खोज तलासका लागि धनुषा जिल्लामा विशेष अभियान चलाउने भएको छ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले आज जनकपुरधाममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं स्वास्थ्य शाखाका प्रतिनिधि सहितका सरोकारवाला बिचमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि धनुषामा तीन वर्षका लागि शुरु हुन लागेको कुष्ठरोगी पत्ता लगाउने अभियान सफल बनाउनका लागि पालिकाहरूको साथ तथा सक्रियता आवश्यक भएकोमा जोड दिनुभयो ।

एन एल आर नेपालको सहयोगमा शुरु हुन लागेको अभियानको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरूले अभियान सफल बनाउन पालिकाले पूर्ण रुपमा साथ दिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले कुष्ठरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य पुरा गर्नका लागि धनुषामा सञ्चालन हुने अभियान सफल बनाउन हरेक पालिकाले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठले कुष्ठरोगी पत्ता लगाउने तथा उनको सम्पर्कमा रहेकाहरूलाई औषधि खुवाउने अभियानले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुष्ठरोगको निवारणका लागि धनुषा जिल्लामा स्थानीय जनप्रतिनिधिहरूले बढी मेहनत गर्न आवश्यक भएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले जनकपुरधाम कुष्ठरोगको दृष्टिकोणले उच्च जोखिममा रहेको बताउँदै कुष्ठरोगको निवारण अभियानमा उपमहानगरपालिकाले पुरा साथ दिने बताउनुभयो ।

मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले स्थानीय सरकारको साथ तथा सहयोग विना कुष्ठरोगको निवारण कठिन भएको बताउँदै यसका लागि जनप्रतिनिधिहरूको सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूले निक्कै राम्रो कार्यक्रम भएकाले यसमा आफूहरूको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा एन एल आर नेपालका अध्यक्ष प्रकाश वाग्लेले देशमा नै सबैभन्दा बढी कृष्ठरोगी मधेस प्रदेशमै रहेको बताउनुभयो ।

हाल मधेस प्रदेशमा १ हजार ३ सय ४७ केश रहेकोमा ६ सय ३८ जनाले औषधि सेवन गरेर निको भएका छन् भने ६ सय ७७ जना बाँकी रहेको र नियमित औषधि सेवन गरिरहेको स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ अधिकृत राजवीर यादवले जानकारी दिनुभयो ।

अहिले धनुषामा १ सय १३, महोत्तरीमा ६०, सर्लाहीमा ८७, सिराहामा ६८, सप्तरीमा ३९, रौतहटमा १ सय ५, बारामा १ सय तथा पर्सामा ९८ जना कुष्ठरोगी रहेको अधिकृत यादवले जानकारी दिनुभयो ।

पछिलो समाचार

नेपाली काँग्रेस धनुषाको १४ औँ राष्ट्रिय महाधिवेशन को मतदान जनकपुरधामको तिरहुतिया गाछीमा (भिडियो सहित)

अघिल्लो समाचार

११२ औ अन्तराष्ट्रिय महिला दिवस मधेश प्रदेशमा विभिन्न कार्यक्रम गरि मनाईको छ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

19 hours ago
सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

3 days ago
विश्व वातावरण दिवसमा वक्तित्वकला र चित्रकला प्रतियोगिता

विश्व वातावरण दिवसमा वक्तित्वकला र चित्रकला प्रतियोगिता

5 days ago
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍याे

प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍याे

6 days ago
धनुषाबाट ३३ जना हज यात्री हजको लागि काठमाण्डौ प्रस्थान

धनुषाबाट ३३ जना हज यात्री हजको लागि काठमाण्डौ प्रस्थान

7 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits