Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

हट्यो सबै प्रतिबन्धात्मक व्यवस्था : नियमित गतिविधि स्वास्थ्य मापदण्ड अनुरुप

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 5, 2022
हट्यो सबै प्रतिबन्धात्मक व्यवस्था : नियमित गतिविधि स्वास्थ्य मापदण्ड अनुरुप
15
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ ।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले शुक्रबार जारी गरेको आदेशानुसार आजदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमितरुपमा सञ्चालन गर्न सकिने छ ।

ती प्रशासन कार्यालयले कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन भनी नयाँ आदेश जारी गरेको हो । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न भनेको छ ।

यसअघि अन्तिम पटक माघ २३ गते राति १२ बजेदेखि लागू हुनेगरी जात्रा, महोत्सव, सभा, जुलुसलगायत धेरै मानिस भिडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने गरी स्थानीय प्रशासनले आदेश जारी गरेको थियो । उक्त आदेशमा फागुन १ गतेबाट शैक्षिक क्षेत्रका अधिकांश गतिविधि खुला गरिए पनि केही प्रतिबन्धात्मक व्यवस्था कायम राखिएका थियो ।

यस्तै सपिङ मल सुपरमार्केटलगायतमा मानिस भीडभाड हुने क्षेत्रमा ५० जना भन्दा बडी भेला नहुने गरी खोप लगाइएका व्यक्तिलाई मात्रै प्रवेश दिन आदेशमा भनिएको थियो । यस्तै डान्सबार दोहारी सञ्चालन हुने स्थानमा पनि केही प्रतिबन्धात्मक व्यवस्था कायमै थियो ।

कोरोनाको तेस्रो लहर भित्रिएपछि गत पुस २७ बाट उपत्यका प्रशासनले आदेश जारी गर्दै प्रतिबन्धात्मक व्यवस्था लागू गर्न सुरु गरेको थियो । ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

पछिलो समाचार

धनुषाको नगराइन नगरपालिकामा बिहीबार भएको प्रथम नगर अधिवेशन तथा घोषणासभामा८५ सदस्यीय कार्यसमिति चयन

अघिल्लो समाचार

एमसिसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ : महामन्त्री थापा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits