धनुषाको नगराइन नगरपालिकामा बिहीबार भएको प्रथम नगर अधिवेशन तथा घोषणासभामा ८५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अधिवेशनअन्तर्गत पार्टीको नगराइन नगरपालिकाको अध्यक्षमा रामचन्द्र यादव विजयी हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा श्यामबाबु राउत, सचिव अञ्जनकुमार रञ्जन, दुई उपसचिवमा श्यामकिशोर साह र रामसुदिष्ट साहसहित विजयी भएका छन् । प्रतिनिधिसभाका सांसद् तथा नेकपा एमालेकी नेतृ जुली महतोले जनताका बीचमा र जनताका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । अधिवेशनमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, बटेश्वरका गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत, मिथिला बिहारी नगरपालिका मेयर अनिल यादवलगायत सहभागी थिए ।
तपाईको प्रतिक्रिया !