Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

खोपको पहुँच बाहिर रहेका जनतालाई सहजीकरण गरौं : अध्यक्ष तिमिल्सिना

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 2, 2022
खोपको पहुँच बाहिर रहेका जनतालाई सहजीकरण गरौं : अध्यक्ष तिमिल्सिना
14
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड-१९ विरुद्धको खोप पहुँच बाहिर रहेका जनतालाई खोप लगाउन जनप्रतिनिधिले र राजनीतिक दलले सहजीकरण गर्नुपर्ने बताउनुभएको छ।

काठमाडौंमा बुधबार आयोजित ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्‌घाटन सत्रमा उहाँले १३ प्रतिशत नागरिकले खोप लगाउन नमानेको भन्ने रिपोर्ट आएको र केही पहुँच बाहिर रहेकाले जनप्रतिनिधिले पनि खोपको पहुँचमा ल्याउन सहयोग गर्नुपर्ने बताउनुभएको हो।

राष्ट्रिय सभामा चार वर्षे कार्यकाल बाँकी रहनुभएका तथा नवनिर्वाचित सदस्यहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘करिब १३ प्रतिशत जनसंख्या खोप लगाउन नमानिरहेको भन्ने कुरा छ। यो भ्रमका कारणले हुन सक्छ। यसमा हामीले जनतालाई सचेत गराएर खोप अभियानमा सहभागी गराउन हामी जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहन्छ।’

राष्ट्रिय सभामा निर्वाचित भएर आउनुभएका नयाँ सदस्यहरुलाई बधाई तथा स्वागत गर्दै अध्यक्ष तिमिल्सिनाले चैत्र मसान्तसम्म सरकारले सबै जनतालाई खोप लगाउने लक्ष्य लिएको बताउँदै त्यसलाई सफल बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गर्नुभयो।

‘अब स्थानीय चुनाव आउँदैछ। पार्टीका कार्यक्रममा स्वास्थ्यलाई पनि प्रथामिकता दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरुले चुनावमा भोट माग्ने कामसँगै खोप लगाउनसमेत जनतालाई हात जोडेर अनुरोध गर्न म अनुरोध गर्दछु।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य मन्त्री विरोध खतिवडाले चैत्र मसान्तसम्म १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइ सकिने जानकारी गराउँदै कहीँ कतै खोपको पहुँच नपुगेको भए सरकारलाई जानकारी गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले कोभिड बारे धेरै कुरा जानकारी नहुँदा सुरुवातमा धेरै समस्या भोग्नुपरे पनि अहिले सहज भएको बताउनुभयो। एउटा मात्रै गलत सूचना जाँदा धेरै जनामा असर पर्ने बताउँदै उहाँले सांसद तथा जनप्रतिनिधिले बोल्दा सही वा गलत छुट्याएर मात्रै बोल्न अनुरोध गर्नुभयो।

स्वास्थ्य मन्त्रलायका सचिव डा. रोशन पोखरेलले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनाबारे जानकारी गराउँदै कोभिड व्यवस्थापन, नियन्त्रण र खोप लगाउनका लागि संघीय संरचनाअनुसार तीन तहको सरकारले मिलेर काम गर्दा स्वास्थ्यका कार्यक्रम जनतामा पुर्‍याउन सहज भएको बताउनुभयो।

स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. संगीता मिश्राले हालसम्म ३ करोड ७२ लाखभन्दा बढी डोज खोप ७४ प्रतिशतलाई पहिलो मात्रा र ६०.१% प्रतिशतलाई दोस्रो डोज लगाइसकिएको जानकारी दिनुभयो। सरकारले जनतालाई कोभिडबारे सचेत गराउन, महामारी नियन्त्रण तथा कोभिडबिरुद्धको खोप लगाउनका लागि जनतालाई आग्रह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने मिश्राले बताउनुभयो।

कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख राजेश संभाजीराव पाण्डवले कोभिडका कारण हामीले आफ्नो परिवारको महत्व र हेरचाहमा समय दिएको बताउनुभयो।

जनता सामु जनस्वास्थ्य सम्बन्धी सुरक्षाका सन्देशहरु सञ्चार गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले भन्नुभयो, ‘जोखिम सञ्चार तथा सामुदायिक सहभागिताको महत्व विश्वव्यापी रुपमा बोध गरिएको छ।त्यसका लागि हामी सबै मिलेर काम गरौं।’

पछिलो समाचार

नगरकमिटि अध्यक्षमा जनकपुरधामका चर्चित युवा सुरेन्द्र भण्डारी युवा सहितको टिम निर्वाचित

अघिल्लो समाचार

मिथिलाको महाकुम्भ मानिएको मध्यमा परिक्रमा आजदेखि शुभारम्भ

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

18 hours ago
तीन मन्त्रीको शपथ

तीन मन्त्रीको शपथ

18 hours ago
मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

18 hours ago
सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

2 days ago
माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits