जनकपुरधाम । किशोरीलाई गर्भवती बनाएको आरोप लागेका एक जनाले सफाइ पाएका छन् । जिल्ला अदालत धनुषामा आज भएको अन्तिम सुवाइमा धनुषा महेन्द्रनगरका २४ वर्षीय शिवराज श्रेष्ठले सफाइ पाएका हुन् ।
उनीमाथि महोत्तरी जलेश्वरकी १८ वर्षीया एक किशोरीलाई गर्भवती बनाएको आरोप लागेको थियो ।
न्यायाधीश पशुराम भट्टराईको एकल इजलासले आज संक्षिप्त आदेश दिँदै श्रेष्ठलाई सफाइ दिएको अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । उनकाअनुसार जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादवले बहस गरेकी थिइन् । प्रतिवादीको तर्फबाट श्याम कुमारी मिश्र र प्रदीप मिश्रले बहस गरेका थिए ।
किशोरीलाई ‘गर्भवती बनाएर’ फरार किशोर अदालतमा हाजिर
अधिवक्ता यादवकाअनुसार अदालतले जाहेरवालाको बकपत्र र जाहेरी बाझिएको, जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन, किस्ट हस्पिटलको मेडिकल रिपोर्टबाट अभियोग दाबी पुष्टि हुन नसकेको ठहर गरेको छ ।
पीडित किशोरी आज काम विशेषले अदालतमा उपस्थित हुन सकेकी थिइनन् । उनले आजको पेसी स्थगित गर्न आफ्ना वकिलमार्फत् अपील गरेकी थिइन् । तर, न्यायाधीश भट्टराईले आरोपित थुनाभित्र रहेको भन्दै स्थगित गर्न मानेनन् । अहिलेसम्म उक्त मुद्दाको पेसी एकपटक मात्र स्थगित भएको थियो ।
किशोरी गर्भवती भएपछि फरार रहेका भनिएका शिवराज गत भदौ १८ गते कानुन व्यवसायीमार्फत दुई वर्षपछि अदालतमा हाजिर भएका थिए । दुई वर्षअघि शिवराजले ती किशोरीलाई बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरिएको थियो । बलात्कारपश्चात् गर्भ बसेको किशोरीको आरोप थियो ।
https://www.facebook.com/nehalika.singh.754/videos/480776940287237ती किशोरी ०७६ मंसिरमा गर्भवती भएकी थिइन् । त्यसको दुई महिनापछि पुसमा जिल्ला प्रहरी कार्यालय धनुषामा जबर्जस्ती करणी मुद्दा दर्ता गराइएको थियो । ०७७ भदौ ५ गते परोपकारी संस्थाको रेखदेखमा किशोरीले छोरालाई जन्म दिएकी थिइन् । अहिले उनको छोरा डेढ वर्षको भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !