बिरेन्द्र शाह (बिरु) धनुषाको धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेलामा श्रद्धालु, भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । श्रद्धालु भक्तजनले धनुषाधाम मन्दिरमा अवस्थित शिव धनुषलाई पूजा गर्ने परम्परा रही आएको छ । धनुषाधामस्थित शिव धनुषलाई पूजा गर्नाले मनोकामना पूर्ण हुने र मूसा रोगले ग्रसित मानिसहरुले धनुषाधाममा भन्टाको भाकल गर्दा ठीक हुने जनविश्वास रहेको छ । धनुषा सहित महोत्तरी, सिरहा र छिमेकी राष्ट्र भारतको सीमावर्ती क्षेत्रका श्रद्धालुभक्तजनहरु दर्शनपूजाका लागि धनुषाधाम जाने गरेका छन् । गत वर्ष मकर मेला भर्न आउने श्रद्धालुभक्तजनको संख्यामा वृद्धि भएको दावी गरिएको थियो । यसरी भाँटा, बेलपत्र, धथुर लगायतका सामग्री भेटी चढाउँदा चर्मरोगबाट मुक्त हुने विश्वास मन्दिरका महन्थ भरत दासले बताउनुभयो । त्रेतायुगमा भगवान श्रीरामचन्द्रले जानकी स्वयंवरका लागि राखिएको धनुष उचाल्ने क्रममा भाँचिएर एक टुक्रा धनुषाधाममा खसेको विश्वास गरिन्छ । मन्दिर भित्र धनुष आकारमा माटोमुनि रहेको भागमा पूजा आराधना गर्ने गरिएको छ । स्थानीय तहको आगमनपछि ।

मन्दिर र मेला ब्यवस्थापनको कार्य समेत प्रभाबकारी बन्दै गएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि विरुद्ध तथा व्यापारीहरुको आन्दोलनको प्रभाव धनुषाधामको मकर मेलामा देखिएको वडा अध्यक्ष राजकिशोर शाहले जानकारी दिनुभयो । विगतमा पहिलो र दोश्रोको तुलनामा तेश्रो आइतवार श्रद्धालुभक्तजनको घुइचो लाग्ने गरेको थियो । तर, यस वर्ष समयानुकूल हुन नसक्दा श्रद्धालुभक्तजनको संख्यामा कमी आएको मेला व्यवस्थापन समितिको तर्क छ । संक्रान्तिदेखि माघ महिनाको प्रत्येक आइतवार धनुषाधाममा मकर मेला लाग्ने गरेको छ ।
तपाईको प्रतिक्रिया !