धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षीया अरबन्दी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
उनले ठूलो हावाहुरीका कारण अचानक विद्यालय प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुवै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उता रौतहटको बौधीमाई नगरपालिका-१ मा हावाहुरीका कारण घर ढल्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ४५ वर्षीया फुलमतीया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यता

प्रदेश सभाले आज चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रम हावाहुरीका कारण स्थगित भएको हो ।
मधेस प्रदेशको प्रदेशसभामा आयोजित वार्षिक उत्सव स्थगित भएको छ । प्रदेशसभा सचिवालय आज चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । तर, प्रतिकूल मौसमका कारण कार्यक्रम स्थगित भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।
यस्तै, डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीको सडक आन्दोलन पनि हावाहुरीका कारण स्थगित भएको छ ।
तपाईको प्रतिक्रिया !