Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

‘सचित्र पुस्तक’ ले अभिभावकलाई बनायो शिक्षक

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 19, 2022
‘सचित्र पुस्तक’ ले अभिभावकलाई बनायो शिक्षक
34
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

सुरेश यादव
भनिन्छ, ‘बालबालिकाको पहिलो शिक्षक अभिभावक हुन्छ ।’ केही वर्ष अघिसम्म यस्तो हुन्थ्यो । अहिले अभिभावकहरु यति धेरै व्यस्त भए कि बच्चालाई विद्यालयबाट गर्न पठाएको गृहकार्यमा पनि सहयोग गर्न फुर्सद हुँदैन । सकेसम्म बच्चालाई विद्यालयले गृहकार्य नदियोस् भन्ने चाहना राख्ने अभिभावकहरुले त्यस्तै परे घरमै ट्यूशनको व्यवस्था गरिदिन थालेका छन् । तर, आफ्नै छोराछोरीले घरमा पढिरहेको छ कि छैन । के पढिरहेको छ भनेर बुझ्न आवश्यक ठान्दैन, अन्य कामको व्यस्तताले ।
कोभिड १९ को प्रभावले साना बालबालिकाहरुको विद्यालय अनिश्चितकालका लागि बन्द हुन पुग्यो । बालबालिकाहरु घरमै थन्किएपछि उनीहरुले पढ्न पाएन भन्दा पनि विद्यालयमा बिताउने समय घरमा व्यवस्थापन कसरी गर्ने भन्ने तनाव अभिभावकहरुमा देखिन थाल्यो । जब कि नयाँ कुरा सिक्नु त परको कुरा । सिकेको कुराहरु पनि साना नानीबाबुले बिर्सिन थाल्छन् भनेर अभिभावकको ध्यानै पुग्न सकिरहेको थिएन ।
यस्तै परिस्थितिमा बालबालिकाको शिक्षामा करिब दुई दशकदेखि काम गरिरहेको गैरसरकारी संस्था आसमान नेपालले विकल्प खोज्न थाल्यो । र, आसमानकै पहलमा सरकारले ‘अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरु’ नामक पुस्तक तयार ग¥यो । बाल कक्षा, एक कक्षा, दुई कक्षा र तीन कक्षामा पढ्ने बालबालिकाहरुका लागि तयार गरिएको उक्त पुस्तक आसमान नेपालले प्रकाशन गरी धनुषाको चार वटा पालिकाहरु सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, लक्ष्मिनियाँ गाउँपालिका र नगराइन नगरपालिकास्थित सामुदायिक विद्यालयमा पढ्ने सबै बालबालिकाहरुलाई वितरण गरेको छ ।
‘म धेरै पढेको त छैन । तर, यो पुस्तकमा छापिएको तस्बिरहरु देखाएर आफ्नो बच्चालाई सजिलैसँग अक्षरहरु सिकाउन सक्छु ।’ गणेशमान चारनाथ नगरपालिकास्थित जुरीकी सरिता अधिकारी भन्छिन्, ‘यो पुस्तक आफै शिक्षक हो ।’ विद्यालय बन्द भएपछि रङ्गिन तस्बिरहरु छापिएको वैकल्पिक सिकाइ स्रोतको रुपमा प्रकाशित पुस्तकले सरिताजस्तै अन्य अभिभावकहरुलाई पनि बच्चालाई पढाउन सहयोग गरिरहेको देखिन्छ ।
सबैला नगरपालिकाको रघुनाथपुरस्थित द्ववारिका आधारभूत विद्यालयमा दुई कक्षा पढ्ने कृति महराले अरु किताब पढ्न र कापीमा लेख्न चासो नदेखाएपनि घरमा समेत यो किताब पढेर सिक्न थालेको विद्यालयकी शिक्षक ज्योति पौडेल बताउँछिन् । ‘विद्यालय बन्द रहेको बेला पढ्न भनेर आसमान नेपालले दिएको किताब बच्चाहरुले अहिले स्कुलमा पनि लिएर आउँछन् । किताबमा साना बच्चाहरुले सजिलै सिक्ने गरी तस्बिर र सिकाइ सामग्री व्यवस्थापन गरेको छ’ पौडेलले भनिन्, ‘नगरपालिकाहरुले पनि तीन कक्षासम्मका बालबालिकाहरुलाई पढ्न यस्तै पाठ्यसामग्री प्रकाशन गर्नु उचित हुन्छ ।’
सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सञ्चालित ‘निक शिक्षा दिअ’ कार्यक्रमका सामाजिक परिचालक गंगाराम यादवले सचित्र पुस्तकले अभिभावकमा मुख्य दुई वटा परिवर्तन ल्याएको बताउँछन् । ‘पहिलो त लकडाउनको समयमा विद्यालय बन्द भएपछि कम्तीमा बिहान बेलुका बच्चाहरुलाई घरमा पढ्न बस्ने वातावरण बनाउनुपर्छ भनेर अभिभावकमा चेतना आएको छ’ गंगारामले भने, ‘अर्को, अभिभावकमा शिक्षाको महत्ववारे जानकारी प्राप्त भएको छ । मेरै लागि हो यो पुस्तक छापिएको भनेर निःशुल्क रुपमा प्राप्त गरेको पुस्तक उपयोग गर्न उनीहरुले बच्चालाई पढ्न, सिक्न आफैं परिचालित हुन थालेका छन् ।’

पछिलो समाचार

गोरखाको मनकामना मन्दिर प्रवेशमा रोक

अघिल्लो समाचार

एमालेका सबै कार्यक्रम स्थगित

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

1 min ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

4 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits