Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

काँग्रेसको नेता जयकुमार यादवको नेतृत्वमा काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ता जसपा प्रवेश

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 16, 2022
काँग्रेसको नेता जयकुमार यादवको नेतृत्वमा काँग्रेस र नेकपा एमालेका  नेता कार्यकर्ता जसपा प्रवेश
29
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति धनुषाले आज मुखियापट्टीको बैरिया बजारमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रेसको प्रभावशाली युवा नेता जयकुमार यादवको नेतृत्वमा काँग्रेस र नेकपा एमालेका हजारौ नेता कार्यकर्ता जसपा प्रवेश गरे पछि मुखियापट्टी मुसहरनीया जसपामय बनेको छ ।

जयकुमार यादवको नेतृत्वमा मुखियापट्टी मुसरहनीयाका विभिन्न वडाहरुबाट जसपा प्रवेश गरेका नेता कार्याकर्तालाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरुले गम्छा लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा जसपा अध्यक्ष यादवले सदियौ देखी विभेदमा रहदै आएको मधेशी जनजाति, मुस्लिम महिला लगायतलाई हक अधिकारबाट अव कसैले बंचित गर्न नसक्ने बताउनु भयो ।

अध्यक्ष यादवले मुलुकमा भएका ठुल ठुला आन्दोलनहरुले शासक मात्र परिवर्तन गर्दै आए पनि मधेश विद्रोहले शासन व्यवस्थानै परिवर्तन गरेको उल्लेख गर्दै शोषित उत्पिडित समुदाय अब अधिकार सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य एवं संघीय सरकारका भौतिक पूर्वाधार एवं यातायात मन्त्री रेणुकुमारी यादवले वर्षो देखी विभेदमा रहेको मधेशीहरु मधेश विद्रोहको कारण आज सम्मान पूर्वक जीवन यापन गर्न थालेको बताउनु भयो ।

मधेश आन्दोलनकै कारण शोषित वर्गहरु आज आरक्षण पाएको उल्लेख गर्नु हुँदै नेतृ यादवले मुखियापट्टी मुसरहनीयाका जनताहरुले जसपा प्रति देखाएको आशा विश्वास लाई आफुहरु सदैव सम्मान गर्ने बताउनु भयो ।
नेतृ यादवले मधेशका हजारौ नागरिक अझै नागरिकता विहिन रहेको बताउनु हुँदै मधेशीहरु बाट डराएका शासकहरु उनिहरुलाई नागरिकता बाट बंचित बनाइ रहेको उल्लेख गर्नु भयो । उहाँले नागरिकता विहीनहरुको लागी अझै संघर्ष गर्नु पर्ने बताउनु भयो ।

गणतन्त्रका लागि ज्यानको आहुति दिने शहिद दुर्गा नन्द झाको चर्चा गर्दै नेतृ यादवले दुर्गा नन्द झा मधेशी भएकै कारण फासिमा झुण्डिनु परेको बताउनुभ यो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले शोषित पीडित वर्गको आशा भरोसाको केन्द्र जसपा मात्र रहेको दावी गर्नु भयो ।
उहाँले मधेश आन्दोलनको जगमा बनेको जनता समाजवादी पार्टीको सरकार मधेश आन्दोलनको म्याण्डेट अनुसार अघि बढेको बताउनु हुँदै प्रदेश सरकारले शोषित पीडित वर्गको लागी काम गरि रहेको बताउनु भयो ।
जनसंख्याको अनुपातमा आरक्षण गर्दै प्रदेश सरकारले सबै समुदायको हक अधिकार सुनिश्चित गर्न क्रमबद्ध रुपमा अघि बढि रहेको बताउनु भयो ।

जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य अमरेश नारायण झा, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह ,केन्द्रिय निर्वाचन समिति सदस्य एवं युवा नेता जीतेन्द्र कुमार यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पार्टी प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सभापति रविन्द्र प्रसाद यादव छोटे , शशिचन्द्र यादव,, वडा नं. ५का काँग्रेस वडा सभापति राम एकवाल यादवm वडा अध्यक्षका प्रत्याशी कैलाश यादव, वडा नं. ६का प्रत्याशी विनोद यादव, एमालेका राम धनि यादव, निर्वाचित वडा सदस्य राम नन्दन महतो सहितका रहेका थिए ।

पछिलो समाचार

बालबालिकामाथि अपराध हुनबाट जोगाउन अभिभावकसँग प्रहरीको अनुरोध

अघिल्लो समाचार

किसानलाई एक बोरा मल खाद सहज पारिदिनुस्':मेयर बरबरिया

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits