निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएर वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरेको छ । २०७९ जेठ ५ गते स्थानीय तहका वहालवाला जनप्रतिनिधिहरुको म्याद समाप्त हुन लागेको र त्यो भन्दा दुई महिना अगावै चुनाव गराइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको हुँदा वैशाख महिनासम्म जसरी पनि चुनाव गराउनुपर्ने आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए । शुक्रबार आयोगको कार्यालयमा दलहरुसँग भएको छलफल सकारात्मक रुप लिएको आयोगका प्रवक्ता शालिगराम शर्मा पौडेलले बताए । यो छलफल लगत्तै प्रधानमन्त्रीलाई भेटेर माघको पहिलो सातामा चुनावको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउने पौडेलको भनाइ छ ।
तपाईको प्रतिक्रिया !