काठमाडौं– गत २४ घण्टामा ३५५३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभर १५०८१ जनामा गरिएको नमूना परीक्षणमा ३५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २७१ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १४३४० रहेको छ ।
तपाईको प्रतिक्रिया !