राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङगदेलले गणतन्त्र पक्षधर राजनितिक दलहरुले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएका भन्दै चर्को आलोचना गरेका छन् । मुलुकमा गणतन्त्र आएको १५ वर्ष भईसक्दा पनि राजानितिक पार्टीले युवाहरुलाई रोजगारी प्रदान गर्ने एउटापनि काम नगरि लोकतन्त्रणको नामा उनीहरु लुटतन्त्र मच्चाएको उनले अरोप लगाए । मंगलवार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङगदेलले भने,‘ गणतन्त्र आएको १५ वर्ष भईसकेको छ, युवाहरुलाई रोजगारी सृर्जना हुने एउटापनि काम यि दलहरुले गर्न सकेन । यिनिहरुले देशलाई बेरोजगार युवाहरु उत्पान गर्ने कारखानामा परिणत गरिदिएका छन् ।’ राजनीतिक दलहरुकै असक्षमताका कारण नेपालका ५५ लाख युवा वैदेशिक रोजगारमा देश वाहिर रहेको भन्दै उनले भने,‘ हामी स्वाभिमानी नेपाल बेरोजगार भएर अवरियनहरुको नोकर बन्न वाध्य भईरहेका छौ ।’
विगतमा राजाले लिईरहेको सुविधान अहिलेको राष्ट्रपति विद्यादेवि भण्डारीले लिईरहेको बताउदै अध्यक्ष लिङगदेलले भने,‘ राजाभन्दा पनि अहिले देशको साधन श्रोत दलहरुले खर्च गरिरहेका छन्, प्रत्येक पाँच वर्षमा राष्ट्रपति फेरिदाँ पुर्व राष्ट्रपतिहरुलाई पनि सुविधा दिने जानेको हो, राज संस्थाको खर्च र अहिलेको व्यवस्थाको खर्च धेरै फरक हुन्छ ।’ उनले विगतको राजसंस्थाभन्दा अहिले गाणतन्त्र खर्चिलो भएको बताए ।
राप्रपाका प्रदेश २ अध्यक्ष भरत गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राजसंस्था तराई, पहाड र हिमाल जोडने माध्यम रहेको बताएका छन् । दुई ठुला छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न राजसंस्था आवश्यक रहेको डा.लोहनीले बताए ।
तपाईको प्रतिक्रिया !