काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताउँदै अध्ययन गर्न सुझाव दिनुभयो । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘राष्ट्रको खिलाफमा जाने काम मैले कसरी गर्न सक्नुहुन्छ,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘सित्तैमा आएको पैसा पनि नलिऊँ भन्छन्, वर्ल्ड बैंक, एसियाली विकास बैंकले नेपालको कानून मान्दैनन्, एमसीसीले त नेपालको कानून मान्छु भनेको छ त ।’
तपाईको प्रतिक्रिया !